Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Saturday, 27 January 2018

हसिया हुँदै

चोट आए पछि खुकुरी  हसिया हुँदै 

गयो अचानो सरि मन छियाछिया हुँदै 


चिया पसल  बन्द गरेरभट्टि सरिछौ 

सर्यो सराब तिरै मेरो हिया'चिया हुँदै 


गास काटेर खुवाउने सँग अंश माग्यो 

जब छोरा गए ठुला अनि बलिया हुँदै 


बृद्ध बाआमालेआश्रम  पाए उपहार   

छोरो हुर्काएको हलिया भरिया हुँदै  

  

अरुकै भयो मेरो भनी गर्व गर्ने  माटो 

पालेर  जीवन बन्दकी अधिया हुँदै


कसरी मेरो भनु? यो गजललाई पनि 

आगमन  भो अरब  बाट इन्डिया हुँदै

Saturday, 30 December 2017

जस्तो

सधैं तिम्रो चुरिफुरी खेले जस्तो 
गर्छौ कुरा  भुराभुरी खेले जस्तो 

सिमानाको रक्षकलाई थाहा छ
हैन अर्थ  बहादुरी  खेले  जस्तो 

छुट्याउदैन यो  आफ्नो र पराइ 
हैन मजाक खुकुरी खेले जस्तो 

मौसम सरि फेरिन्छ  तिम्रो कुरा 
अनि गर्दछौ मन्जुरी खेले जस्तो

मुटुमा चोट लाग्छ त्यो नजरले,
नहेर्नु  है ! घुरिघुरी खेले जस्तो 

Saturday, 16 December 2017

मान्छे

' मायामा हारेको मान्छे 

आँफैलाई  मारेको मान्छे 


कतै देख्यौ  भने त्यो हुँ 

अश्रु धारा  झारेको मान्छे 


मर्ने, बाच्नेको दोसाद मा 

बैतर्नी तारेको  मान्छे 


तिम्रै कारण आफ्ना सँग  

बोली सम्म बारेको मान्छे


तिमी गयौ' काल आएन 

मै हुँ एक्लै पारेको मान्छे


फुल्ने, फल्ने बने पछी 

भुल्यो बोट सारेको मान्छे


Friday, 15 December 2017

थियो

कुरो   समय  सान्दर्भिक  थियो 

तर  विपक्षी  अत्याधिक  थियो  


दर्जा  विभाजन गरिदैथ्यो जहाँ 

त्यहाँ मेरै  आफ्ना सरीक थियो 


माया प्रेम गर्नेहरुको   मेरो  झै  

सबैको  कहानी  मार्मिक थियो 


ठुलै  पदाधिकारी  बनेर  आज 

चिन्दैन जो हिजो नजिक थियो 


तिमीले जस्तै राजनीति जान्दिन 

त्यसैले  हार्नु  स्वभाविक  थियो   


मुटुको  मुल्य  खेलौना  बराबर 

जहाँ  सम्बन्ध  आधुनिक थियो

 

उस्ले मार्यो, मरे ! सुन' रमिते 

अपराध  त्यो  सामुहिक  थियो


Thursday, 14 December 2017

भनेको छु

हुदैन भने' मिलन  भनेको छु

बसिनेछ  अनसन भनेको छु


रमाइलो  चरण   मायाको 

गर्न हुन्न समापन भनेको छु 


मुटुको साटो' माया हो माग  

हुनै पर्छ सम्बोधन भनेको छु 


बिछोडको  कारण चाहियो         

चाहिदैन  समर्थन भनेको छु 


तिमी जानु  अगाबै  यो मेरो 

अर्थी गर्नु बिसर्जन भनेको छु 




Wednesday, 13 December 2017

सकिन

भो! तिमी सँग बाजेर सकिन 

बोली मात्र गयो खेर सकिन 


नयाँ   दिननयाँ   बहाना 

तिम्रो  कहानि पढेर सकिन


थाहा , यो प्रेम  यस्तै हो 

पाउन  माया चाहेर सकिन 


भुल्नै  पर्ने  बाध्यता  देख्छु 

रोइ  रहन   सम्झेर सकिन 


के हो निर्णय ? भने  हुन्थ्यो 

बस्नलाई  भो अबेर सकिन



Tuesday, 12 December 2017

जान्छ



हरेक  बिहान  गन्तब्य ताकेर जान्छ  

पुग्छ मन्दिर फूलपाती राखेर जान्छ  


तपस्या गर्छ दिर्घायुको निमित्त सधै      

आउँछ कालले जीवन मागेर जान्छ  


पटक पटक ढोका पिट्छ चुनौतीले 

तर्किन्छ  अवसर  धुरी नाघेर जान्छ


देशमा खानप्रबासमा जिउन गाह्रो  

बारम्बार मृत्‍युले नाडी छामेर जान्छ  


नाम उपर चढाउन् बिजयको माला 

जीवन स्वयम  सँग हारेर जान्छ  














Saturday, 9 December 2017

बुढो भएर होला

च्यातिएछ  सडक बुढो भएर होला 
थाकेछ  अचानक बुढो भएर होला 

तातो हुन्छ जाडो ठेग्न  सक्छ 
सम्भबत  सिरक  बुढो भएर होला 

एक्लै  पर्‍यो   रंगमञ्चमा   जिवन 
सबैको यो नाटक बुढो भएर होला 

उस्तै हो अनि क्षितिजको घाम 
छदै  छैन  चमक बुढो भएर होला 

भाषण    शासन   छैन    अचेल 
निरिह सासक बुढो भएर होला 


Thursday, 7 December 2017

तिमीले

के गर्न खोजेको सावित तिमीले 

बल्झाएर  फेरी  अतित तिमीले 


लगायौ   नजरआएर    सामु  

बनाएरै छाड्यौ आजित तिमीले 


नचीने  झै गर्दै  सोध्यौ  ठेगाना 

भुलेर  मान्छे  परिचित  तिमीले


गाउछौ   रे  गुण गान   उसैको 

माया प्रेममा आधारित तिमीले  


दुनियाँमा  केही  बाँकी राखेनौ 

सबै  सँग सम्बन्धित तिमीले


Monday, 4 December 2017

बाकी

तिमी गयौ जीवनको'आधा पाना बाँकी  

साथी भन्नु चार भित्ता,एक छाना बाँकी  


बाचा   कसम सकियो' अब  प्रेम गर्नुको 

दुई  कुरा  सजाय    जरिवाना  बाँकी  


आधा अधुरा  रहे  केही  चाहानाहरु अझै 

आफ्नो बनाउन तिमी सिमाना बाँकी


खास  जिउनै पर्ने  कारण छैन जिन्दगीमा 

श्वास , मर्न नसक्नुको बहाना बाँकी  


तिमीलाई पाउने  ठुलो  सपना त्यागे मैले 

अब  यो  मनमा  रहर  -साना बाँकी


मैले आसय  नबुझेको  तिम्रो खत हरायो 

रातो  मसी सेतो खाममा ठेगाना बाँकी


2074/5/18

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...