Wednesday, 30 December 2015

रमीते भगवान


रमीते भगवान

भगवान   सँग केही माग्न डर  लाग्छ । 
कही अटेर गरे भने भगवान ले"  बेकार अली कती भएको  उनी प्रती को श्रद्धा टुट्छ ।  
गुनासो के र कती भन्ने सिमा छैन ।  गुनासो गर्ने बाटो पनि त राखेको छैन मैले " अरुले जस्तो तिम्रो घर सम्म  पुगेर फुल पाती अर्पण गरी बत्ती जलाएको छैन मैले " ।  दान मान टिका टालो सबै देखासिखी मात्र गरेको हुँ । यो लोग मा रहने हरुले अनेकौ बहाना मा तिमी प्रती श्रद्धा राखेको देख्ने प्रतक्ष्यदर्सी हुँ म " 
खै तीनी हरु खुशी हुनुमा तिम्रो भूमिका रहेर हो, या तिन्ले दु:खलाई निथ्थोर पारेर दबाउदै खुशी र सुखी हुने बहाना मा मात्र जुग बिताएको हो ? मैले  कहिल्यै पत्तो पाउन सकिन ।  
तिमी शक्ती साली छौ रे ! तिमी महात्मा हौ रे ! यो जिबन ,यो जगत तिम्रो कृपा हो रे ! तिमी चाह्यौ  भने सबै गर्न सक्छौ रे  ! यो पनि तिम्रा कट्टर बादी द्वारा प्रस्फुटन भएको शब्द सुनेको हुँ मैले ।  
कतै तिम्रो बिपरित भएर बोल्दा मलाई भोली टपक्क टिपेर लाने हौ कि? तर म यहि नीर  निडर भएर एउटा गुनासो गर्न चाहान्छु ।  
एक लान्छना लगाउन चाहान्छु ।  
तिमी जे हौ , तर तिमि एक निर्जिब रमिते हौ , भन्न थोरै पनि  चुक्दिन म"    साच्ची तिमी कती अास्चर्य चकित छौ ।  हैन..! यी आस्पासन हरु कुन माध्याम बाट बाट्छौ तिमी ? 
के कसैको अगाडि प्रकट भएको प्रमाण दिन सक्छौ तिमी ? 
धुप, धुँवा बनस्पती -फुल ,तिम्रै लागी अनि जन्तु को बली पनी तिमी नै स्विकार्छौ ।  
तर कहिले देखिन मैले" तिमी कुन मुख बाट खादा हौ, यी सबै ?
कस्तो होला ,तिम्रो मन "जो अरुको त्याग मा रमाउन सक्ने ? 
हुनत आस्था को रिक्त डोको बोकेर प्रश्न को भारी तिम्रो संघार मा बिसाउने मेरो अधिकार भन्दा बाहिर होला ।  
यी  सबै कुरा सुन्दा तिमी बोलेर जवाफ दिन्छौ होला ,भन्ने त असम्भब छदै छ ।  तर न्यून रुप मा कल्पेको  छु' तिमी सोच्दा हौ ।  
         हे.. दुखी आत्मा सबै तँ, जस्तै  असन्तुस्ट छैनन्  । 
(मान्छे  दुखी छन्  "भोका छन्   जागिर छैन ।  कम्सेकम मेरा  लागि फुल बेचेर भएनी घर चलाका छन्  ।  जागिर पाएका छन् ।  )

तर म भन्छु " ती फुल किनेर तिम्रो बस्ती चहार्ने मनुवा पनि त गरिब दिन दुखी छन् ।  के तिन्ले नखाइ नलाई कमएर किनेको फुल तिमिलाई अर्पण गरेको तिमि कसरी ,कुन आँखाले हेर्न सकेको हो कुन्नी ? 
कहिले छरपस्ट खुशी बटुल्न  दाशी बनाउछौ । 
कहिले आशु मात्र पिउन पर्ने बैरागी ।  नसोचेरै कसै सँग को भेट बाट पाउने खुशी लाई तिम्रो कृपा हो भन्दिन म" बरु नचाहेर हुने बिछोडमा तिम्रो हात हुदो हो ।  त्यसैले त , भावना लाई आशु बनाएर खसाल्नु पर्छ ।  अरुको  बिचार र दृष्टि अन्य र भिन्न होलान् ।  तर म अपसोच गर्दिन किनकी तिमीले जानेको पनि त्यहि त हो ।  हैन र ? 
यो जगत तिम्रो करण छ भने " किन कसैलाई अबलोकन गर्न सक्ने बर् दिएनौ ? किन तिनी जन्म जातै दृष्टि बिहिन भएर आए ?
किन कसैलाई  लाई यो जगत माथि पथ प्रदसित गर्ने मौका बाट बन्चित राख्यौ ? खुट्टा नदिएर ।  किन कुनै कुनै काम  पुण गर्दैनौ तिमी?   किन कसैलाई जिबन दिएर आधी बाटो बाटै चुडेर लान्छौ ?
यो माया ,मोह ,तिरस्कार त्याग  वलिदान लोभ लालच  को खेल किन रचना गर्यौ ?
र फेरी सहन सक्ने मुटु किन निर्माण गरेनौ ?
तिम्रो मस्जिद ,मन्दिर , चैत्य र गूम्बा बनेका छन् ।  यो गल्ली र चोक चोक मा ।  तर किन अदालत छैन तिम्रो ? किन कुनै कार्यालय छैन ?
शायद तिमी मा पनि डर हुदो हो ।  तोड् फोड् को ।  र डर हुदो हो" तिम्रो सत्ता ढलेर अर्को सासक आउने ।  
तर तिम्रो शक्ती लाई या तिमीले बसालेको कुप्रथाको प्रचलन लाई हेरेर आस्चर्य मा पर्छु म"
किन भनौला …तिम्रो पनि त यहाँ तस्बिर छन् ।  नाम छन् ।  तर किन कसैले तिम्रो पुत्ला जलाएर तिम्रो नाम को मुर्दाबाद ,मुर्दाबाद भन्ने नारा सहीत किन कसैले जुलुस निकालेनन् ?
तिम्रो एकाग्र स्थिर  भब्य गाउ बिच सजिब दानब को राज सत्ता को लहर चलेको छ।
तिम्रो गल्ती तिम्रो ठाउँ । मेरा हेराइ र भोगाइ  मेरा ठाउँ ।  
यो सबै अपमान को शब्द म किन बोल्दै छु भने ! तिमी मलाई सजाय देउ ।  तिमी लाई तिमी भनेको अपमान  सह्य हुँदैन भने पनि माफ माग्ने वाला छैन म ।  किन भने म चाहान्छु तिमी प्रकट  भऊ ।  
मैले यसरी तिमीलाई रमिते किन भनेको भने तिमी गर्छौ नै त्यस्तै ।  विश्वाश लाग्दैन भने " सोधी हेर सबै सँग उत्तर स्वयम्  पाउने  छौ ।  
एक  हिसाब ले तिमी हिम्मत हिन पनि हौ ।  मैले भनेको कुरा हरुले  तिमीलाई  असर पार्दैन ।  एक झिनो प्रयास पनि गर्न चुक्छौ तिमि ।  
कतै  भजन त कतै   किर्तन छ , तिम्रो लागि तिमी बस गर्नेको रमिता मात्र हेर्छौ ।  तर आन्दोलन किन छैन तिम्रो लागि ? यो चाँही गजब छ ।  शायद बिकृती र बिसंगती को आड मा डर को बलियो जरा गाडेको हुनु पर्छ  तिमीले । तिमी रमिते जे भएनी तिमीले हेर्ने मात्र काम गर्ने होइन र ? भोली तिम्रो बिरुद्द नारा बाजि हुँदा पनि हेरेर बस्नु पर्छ तिमीले ।  के हेर्ने भन्ने लाग्ला..! के हुनुनी "रमिता " ।  
हिजो जन्म दियौ ।  भोली मृत्यु बरण गर्नु पर्ने सम्झौता साहित , त्यस मा मलाई पछुतो छैन ।  
तर छ त धेरै गुनासो को वाक्य हरु अनी आलोचना को शब्द हरु ।  
तिमीले हासो  बनायौ आशु ले पोतिएको । 
तिमीले खुशी बनायौ ब्यथा रोमलिएको ।  
तिमीले सम्बन्ध   बनायौ  अबिश्वास ले जेलिएको ।  
समय बनायौ   अभाब मा खट्किएको ।  
माया बनायौ तिरस्कार बेरिएको ।  
अनी धाउन लगायौ मन्दिर हरु 
चढाउन लगायौ  शिर हरु 
बनायौ फुल पाती डाली हरु 
सुन्छौ भजन किर्तन र ताली हरु 
भाबी बनेर भाग्य केर्ने तिमि 
भाग्य लल्कार्दै जिउनेको रमिता  हेर्ने तिमी ।  

थाहा छ मैले पाप गरिन तिमी देख्छौ भनेर । 
तर धर्म गरेको पनि त हेर्ने मात्र न हो तिमी ! 
अरु कति हेर्छौ हेर भगवान हेर ।  
किनकी मैले बुझिसके ।  कहिँ कतै भगवान होलान् ।  
तर केही गर्ने वाला हैन ।  
बस रमिता हेर्ने रमिते भगवान ।  
रमेश सारू....
















Sunday, 21 June 2015

मेरो नजरमा ....

नजिक सोचे नजिक पराइ सोचे पराइ सम्बन्ध भन्नु एक आभास हो। के फरक पर्छ एकै धुरी मुनी बसेर जहा सम्बन्ध बोध नै छैन आपसमा  ? 
यो एक्लै सम्भव पनि छैन। तिमी को हौ' अनि को हुँ' तर त्यहि बिच सिर्जना भएको आफ्नो पन को आभास नै हो, सम्बन्ध .. कुनै दिन उनि भन्ने गर्थिन् ..तिमि बिना जीवन काट्न सक्छौ ?   आज भन्छु - आफै सँग  हार्दै सुख - दुख को पल सङ्ग तँछाडमछाड गर्दै भागेको जिवनमा तिम्रो साथ मेरो लागि अति महत्त्वपूर्ण थियो। हामि सबैलाई थाहा छ। जीवनमा के पायौ के गुमायौ? सुख लाई मात्र जिवन हो, भन्ने बुझेको तिमी मेरा दुख मा मलाई एक्लै छोडेर जान्छौ भन्ने के थाहा ? कती सजिलै बदलियौ तिमी मौसम बनेर
आधा अधुरै रहे सम्बन्धहरु कसम बनेर   तिमीले याद गर्यौ  गरेनौ ? तिम्रो बिदाइको दिन हामी दुबैको परेली भिजेको थियो, तिमी रोएर सपना सजायर नयाँ घर गयौ, तर " भत्केको सपना बोकेर पुरानो घर फर्के आज तिमीलाई भनौ क्यार...! कति दु: सहे जीवनमा' आज तिमीलाई  सुनाउ क्यार....
जिन्दगीमा रुनु पर्ने हजार कारण थियो, तर तिमीलाई हेरेर मुस्कुराउने प्रयत्न गर्थे' तिमीले छोडेर गएपछी रुनको लागी अरु बहानाको जरुरत परेको छैन रुदै छु ' अझै पनि भक्कानो छोडेर चिच्याइ, चिच्याइ रुदै छु   तर तिमी नहुनूको बानी परिसकेको मलाई   एउटा कुरा थाहा तिमीलाई ? मैले आज के बुझे भने -  ' स्वार्थी हुँ तिमी छोडेर गयौ भनेर होइन, ' स्वयम् एक्लै पर्नेछु भनेर रोएको  हुँ'  
अनेक बहाना  बाट तिमीलाई सच्चा राम्रो सङ्ग यो मनमा सजाउने कोसीस गर्छु यात तिमीलाई जरा देखी नै भुलु 
भन्छु तर तिमी जति सरल जाती छैनन् तिम्रा यादहरु,तिमी तिम्रो यादको असमानता त्यही हो, तिमीलाई चाहान्थे   पनि गयौ, तिम्रा याद नचाहदा पनि अाईरहन्छन् आजभोलि तिम्रो गाउँ तिरको बाटो हुँदै यात्रा तय गर्दा खुब हिम्मत गरेर त्यो चौतारीमा नयन डुलाउछु   तिम्रो नाम कोरिएका रुखको घाउहरु जो नीको  हुनै लगेको छन् "तिमी बिहे गरेर जादा' तिम्रो गाँउ निरको चौतारी खुशी भयर भन्यो होला- ठीक भयो, "अब हरेक साझ तिमीलाई भेट्न आउने त्यो मान्छेले तिम्रो नाम कोर्न मेरा शरीरमा चोट पुर्याउने छैन"
मैले साचो चोखो माया गरेको थिए तिमीलाई तिम्रो मान, मर्यादा,भावना, इज्जत प्रतिष्ठाको कदर गर्थे तिम्रो समिप रहेर तिम्रो इज्जत प्रतिष्ठा सङ्ग खेल्ने दुस्साहस कहिल्यै गरिन मैले' प्रेमलाई आत्मा आत्मीयता ले बुझेर। तर तिमी त्यसलाई मेरो कमजोरी सोच्यौ, प्रेमलाई आवेश आधुनिकता ले बुझेर। कसम कसम हो। बाचा हो, अनि बचन हो, तोडे विस्वास गुम्छ। पाप लागेको प्रमण कहाँ ?
मेरो बाध्यता विवशता लाई मेरो हार हो मेरो असफलता  कमजोरी हो भन्ने बुझ्यौ तिमीले। 
मेरो सपना हरु लाई मेरो उदेश्य हरु लाई कल्पना हो भन्ने संघ्या दियौ तिमीले। 
तर पनि सातौं जन्म तिम्रो हुने कसम मात्र खाइन ,जुनै परिस्थिति मा पनि तिमीलाई खुसी  सुखी हेर्ने अठोट संकल्प गरे।  त्यसैले आज तिमी नयाँ बाटो हुँदै नयाँ पथप्रदशक सङ्ग ब्यस्त छौ। तर एक्लै खुशी छु। आगमन ले बन्यो अनि विदाई सङ्गै सकियो  के यही हो सम्बन्ध ????
होइन होला मेरो लागि। तर तिमीले हो भन्ने प्रमाणित गरिसकेको छौ।

Sunday, 3 May 2015

मलेसियामा रहेका नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य

महाभूकम्प को कारण नेपालको भावविभोर परिस्थितिमा  नेपालको सुरक्षा र यस प्रलय को कारण दिवंगत हुनुहुने हरुको आत्माको चिर शान्तिको कामना गर्दै मलेसियाको क्लाङ्ग स्थित सामसुङ कम्पनीमा कार्यरत नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य र कम्पनीको हातामा रहेको गणेश मन्दिरमा शान्ति पुजा अर्चना गरी नेपालको हित संरक्षण र सुरक्षाको कामना गरेका छन्


माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...