तिमी कुनै कारणले कसैलाई प्रेम गर्न थाल्छौ भने' त्यो प्रेम होईन केवल लगाव मात्र हो। जहाँ लगाव हुन्छ त्यहाँ ईच्छा हुन्छ' अनि जहाँ ईच्छा हुन्छ त्यहाँ अपेक्षा(expectation) हुन्छ । जब त्यो अपेक्षा पूर्ती हुँदैन तब तिमी भन्छौ धोका भयो ।वास्तविक प्रेममा न कारण हुन्छ , न अपेक्षा हुन्छ न त धोका नै हुन्छ । केवल प्रेम अनि प्रेम मात्र हुन्छ । प्रेममा झुकाव हुन्छ लगाव हुँदैन । वियोग(tragedy) हुनसक्छ तर धोका हुँदैन ।♥यदि तिमीहरु बीच धोका भयो भन्छौ भने' बुझिन्छ तिमीहरु प्रेममा थिएनौ' केवल भ्रममा थियौ ।
Thursday, 29 December 2016
लेख
आज मैले एउटा रमिता लेखेको छु'
किताब हैन एक कबिता लेखेको छु'
बल्ल चिने'मेरा माया गर्ने मान्छेहरु
कलेजिमा माता अनि पिता लेखेको छु'
धेरै जसो बियोगमा जल्दै दिन काटे
अब यहाँ प्रेम जल्ने चिता लेखेको छु'
खाने छैन प्रेममा झुटा ति कसमहरु
हात राखी बाचा गर्न गीता लेखेको छु'
सत्य,सहि जिवनमा मिठा लागेनन्
फेरी पनि मीठा हैन, तिता लेखेको छु'
आज मैले एउटा रमिता लेखेको छु'
किताब हैन एक कबिता लेखेको छु'
रमेश सारु(स्याङ्जा)
Subscribe to:
Posts (Atom)
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...