Showing posts with label छन्द गजल. Show all posts
Showing posts with label छन्द गजल. Show all posts

Friday, 22 December 2017

आयौ

दिवा ढले पछी आयौ 
दियो बले पछी आयौ 

समाजमा कुराको ति 
हुरी  चले पछी आयौ 

कठोर त्यो कथाले यो 
मनै गले  पछी आयौ 

लगाबले यहाँ आत्मा 
पुरा जले पछी आयौ 

सबै  यहाँ  बने  बैरी 
तिमी छले पछी आयौ 

छन्द : रक्षा 
गण : ज रा गु
शुत्र : isi  sis ss 
विश्राम : ४

Wednesday, 1 November 2017

रुदै


कस्ले देख्छ घाउ रुदै
छोरो हास्छ बाउ  रुदै  

यात्रामा थकान  भएको 
मान्छेको पाउ रुदै  

कस्ले हो सराप दिएको
हाम्रो  देश  गाउँ  रुदै  

यो बेरोजगार सास्ती 
हो  भोगेर  ठाउँ  रुदै  

धेरै अर्थ भेट्छु कहानी 
छाती छेउ-छाउ रुदै    

छन्द - पाबुक्काङ
गण - मजय
सुत्र - sss isi iss, 
विश्राम - अक्षरमा

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...