भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो !
छोएर बच्चाको फोटो ऊ भन्थ्यो !
गुजारा चलाउन खाडी हानिए
तिरेर रकम मोटो ऊ भन्थ्यो !
रुनुको बिकल्प छैन सम्झेर घर
रहेनछ सफर छोटो ऊ भन्थ्यो !
ढाका टोपी सिर माथि सगर झै
सम्झन्छु डऊरा भोटो ऊ भन्थ्यो !
सम्झन्छु डऊरा भोटो ऊ भन्थ्यो !