मान्छेले लिदा सम्झनु पर्छ !
साथ अनि सम्बन्ध के हो ?
अब छुट्टीदा सम्झनु पर्छ !
आशु सबैको उस्तै त'हो ।
मन्ले कल्पिदा सम्झनु पर्छ !
पल भरको मुल्य के छ यहाँ ?
छोड्न तम्सिदा सम्झनु पर्छ !
बनाउनु र बिगार्नु को फरक
आफै भत्कीदा सम्झनु पर्छ !
हजारौ सामू एक को निम्ती
आँखा रित्तिदा सम्झनु पर्छ !
पिडा के हो ? घिणा के हो?
त्यो मन बल्किदा सम्झनु पर्छ !
को आफ्नो को पराइ यहाँ ?
स्वयम् झुक्किदा सम्झनु पर्छ !
मान्छेले फिदा सम्झनु पर्छ !
मान्छेले अल्बिदा सम्झनु पर्छ !
No comments:
Post a Comment