च्यातिएछ सडक बुढो भएर होला
थाकेछ अचानक बुढो भएर होला
न तातो हुन्छ न जाडो ठेग्न सक्छ
सम्भबत सिरक बुढो भएर होला
एक्लै पर्यो रंगमञ्चमा जिवन
सबैको यो नाटक बुढो भएर होला
उस्तै हो म अनि क्षितिजको घाम
छदै छैन चमक बुढो भएर होला
भाषण र शासन छैन अचेल
निरिह छ सासक बुढो भएर होला
No comments:
Post a Comment