हरेक बिहान गन्तब्य ताकेर जान्छ
पुग्छ मन्दिर फूलपाती राखेर जान्छ
तपस्या गर्छ दिर्घायुको निमित्त सधै
आउँछ कालले जीवन मागेर जान्छ
पटक पटक ढोका पिट्छ चुनौतीले
तर्किन्छ अवसर धुरी नाघेर जान्छ
देशमा खान’ प्रबासमा जिउन गाह्रो
बारम्बार मृत्युले नाडी छामेर जान्छ
नाम उपर चढाउन् बिजयको माला
जीवन त’ स्वयम सँग हारेर जान्छ
No comments:
Post a Comment