चोट आए पछि खुकुरी र हसिया हुँदै
गयो अचानो सरि मन छियाछिया हुँदै
चिया पसल बन्द गरेर’ भट्टि सरिछौ
सर्यो सराब तिरै मेरो हिया'चिया हुँदै
गास काटेर खुवाउने सँग अंश माग्यो
जब छोरा गए ठुला अनि बलिया हुँदै
बृद्ध बाआमाले’ आश्रम पाए उपहार
छोरो हुर्काएको हलिया र भरिया हुँदै
अरुकै भयो मेरो भनी गर्व गर्ने माटो
पालेर जीवन बन्दकी र अधिया हुँदै
कसरी मेरो भनु? यो गजललाई पनि
आगमन भो अरब बाट इन्डिया हुँदै
No comments:
Post a Comment