कहिले जित’ कहिले हारै सहि
सधै यस्तै चल्ने यो संसारै सहि
जीवनको गती एकनास हुँदैन
कही हतार’कही बिस्तारै सहि
मरिहत्ते गर्ने सयौ नहोलान् तर
माया दिने होउन् दुई चारै सहि
आगन सम्म पुगेर फर्कनु भन्दा
भागौ !नाघेर गारै, तगारै सहि
म’ त भन्छु दोधारमा नराखिदेउ
गर निधो कि वार कि पारै सहि
No comments:
Post a Comment