जति सोचें त्यति झन बुढो हुँदैनन्
खाता पाता जस्तो धन बुढो हुँदैनन्
देबकोटा बुढा भई गए' नाम छोडी
मर्दैनन् मुना मदन बुढो हुँदैनन्
कागज पुरानो भयो र कलम पनि
तर लेखेको लेखन बुढो हुँदैनन्
छाला चाउरी पर्दैमा' रहर मरेन
तन जस्तै मनहरु बुढो हुँदैनन्
उमेर धेरै भयो भनेर कहाँ हुन्छ?
गन्ती होइन जीवन बुढो हुँदैनन्
No comments:
Post a Comment