हेर्थे सधै नयन उघारी दुईवटा
एउटा मन्दिरमा पूजारी दुईवटा
निशाना चुक्यो भनिदिए ढाटेर सत्य
थियो एक सिकार सिकारी दुईवटा
यस्तो एउटा तुफान चल्यो अनयासै
माया र मुटु लग्यो बढारी दुईवटा
रमाएर अर्कै हात समाएर गई
हेरे आँखा झिमिक्क नपारी दुईवटा
एक आफ्नो जिवन अर्को तिम्रो याद
बन्यो सधै मेरो महामारी दुईवटा
तिम्रो बारे जान्न पाँउ अनि रुन पाँउ
गर्न बाँकी छ भलाकुसारी दुईवटा
No comments:
Post a Comment