भए म’ सर्वहारा चलेकै छ
जेन, तेन गुजारा चलेकै छ
घाइते छु’ बैसाकी छ मेरो
पुगेसरि साहारा चलेकै छ
सुचारु भो तिमी गए पछी
यि नयनमा धारा चलेकै छ
पागल भनुन्’ भनुन् बहुला
उस्तै हुनेछ पारा चलेकै छ
छैन घामले पालो भुलेको
भुलेर जुन, तारा चलेकै छ
सम्बन्ध चलेन’ हामी रोयौ
तर संसार सारा चलेकै छ
जेल छैन माया मार्नेलाई
आजाद मनमारा चलेकै छ
No comments:
Post a Comment