Sunday, 3 May 2015

मलेसियामा रहेका नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य

महाभूकम्प को कारण नेपालको भावविभोर परिस्थितिमा  नेपालको सुरक्षा र यस प्रलय को कारण दिवंगत हुनुहुने हरुको आत्माको चिर शान्तिको कामना गर्दै मलेसियाको क्लाङ्ग स्थित सामसुङ कम्पनीमा कार्यरत नेपालीहरु द्वारा द्विप प्रज्वलन कार्य र कम्पनीको हातामा रहेको गणेश मन्दिरमा शान्ति पुजा अर्चना गरी नेपालको हित संरक्षण र सुरक्षाको कामना गरेका छन्


Wednesday, 31 December 2014

नरुने मान्छे


लाग्छ ...मन भित्र चोट पुग्दा रुन्छु, कराउछु ,चिच्याउदै मन
को सारा भाव आशु सङ्गै बग्ने गरी ,सबै पिडा सकिने गरी ,थोरै
पनि बाँकी नरहने गरी। तर सक्दिन खै किन ?कसरी रुनु सायद मैले रुन
बिर्सिसकेको हुनु पर्छ !आसु सुकेर हुनु पर्छ !या त
वेदना को पहिरो मा आसु थुनामा परेर हुनु पर्छ ! त्यसैले त आज मनले
सानो तिनो चोट को औषधि आफै तयार पारेको छ। दिमाग लाई
थोरै पनि भित्री दुखाई सह्य हुदैन थियो,जब मुटु भित्र
आगो लाग्यो तब हत्केला को छाला छिचोलिने
गरि भित्ता मा बजारिन्थ्यो हात हरु ...कि दुखेको मुटु को आबरण
माथि केरकार मा ब्यस्त बन्थ्यो हात हरु चक्कु
को सहारा मा ....सल्किएको चुरोट को आगो हत्केलामा मै
दाबी निभाई दिन्थ्यो हातहरु .........। मस्तिष्कले त्यहि निर्देशन
दिन्थ्यो अनि मनलाई त्यसैमा सान्ती मिल्थ्यो। मन को दुखाई
को यो पुणरुपमा ओखति हुन नसके पनि दिमाग लाई त्यो तनाव बाट
बचाउनु थियो। आफुलाई मारेर पनि....!चुरोट ले
दामेको दाम ,हत्केला मा छिया छिया परेको छाला अनि छाती मा चक्कुले
चिरा चिरा पारेको चोट मा ध्यान केन्द्रित गर्नु
थियो मलाइ.......तब कि मनलाई सान्त्वना मिलोस पल भर
को लागि भएनी। सायद यस्तै कारण होला आज पनि म रुन
जानेको छैन कुनै दुख पछि हास्ने बहानामा ...............!रमेश एकल

Saturday, 26 July 2014

नसकने


आखा को भाषा उनि नबुझ्ने मुटु दियौ बोल्न नसक्ने।
म एक्लै जले यो कस्तो आगो  उन्लाइ पोल्न नसक्ने।।

आफ्नै अङ्ग पराइ लाग्छन आज
बोल्ने ले देख्न र देख्ने ले मन्को कुरा खोल्न नसक्ने।।।

सम्बन्ध यो के सम्बन्ध हो हाम्रो
रिक्त मन बेवारिस छन याहा माया प्रेम घोल्न नसक्ने।।।।

सङ्गै साथ बिना अर्थ भय पनि
छुट्टियर एक्लै एक्लै जिवन को मुल्य मोल्न नसक्ने।।।।।

Sunday, 20 July 2014

दुखी


जुनी भर को माया उपहार मेरो लाश तिमीलाई।
दुखी मनुवा को कामना शुखको रास तिमीलाई।

म निथ्रुक्क र निर्जलम  खुला आकाशमा
सुन को छानो  मुनी उवानो बास तिमीलाई।

म असक्त र भोकै अनी मरु अनिकाल  मा
चौरासी ब्यन्जन मिलोस बाह्रै मास तिमीलाई।

तिम्रो निम्ती अर्थ बीहिन म मरु तिम्रै लागि
कहिले नभओस दुखी आभास तिमीलाई।

Tuesday, 10 June 2014

नीयन्त्रण शक्ति बीनाको जिवन


जीवन मा कुनै पल हरु यस्तो आउदो रहेछ जो चहेर पनि भुल्न गाह्रो पर्छ !     कही कतै अगाडि पछाडि दाँया बाँया  ध्यान दिएर  गरेको यात्रा मा पनि कहिले काही  आफुलाई नै समेट्न  भुलिदो रहेछ। कडाले बिझाउछ भन्ने थाहा भएर पनि कदम रोक्न मन नलाग्ने त्यो समय सच्चिनै गम्भिरता र सोचाई लाई पिन्जडा मा बन्द गरी तड्पाउन मजा लाग्दो रहेछ।। जानेर पनि नजानेको भूमिकामा नै समय बितेको पत्तो सम्म नपाई ज्ञान बुद्धी र होस् खै कता उतारिन्छ? आँखा  अगाडिको मात्र नजर अन्दाज हुने त्यो पल प्राप्तिको नशा  अनी त्यागको बेप्रभा_ वस छ त''' लगाव  छ बाँकी " त्यो पल सङ्ग को तुलना मा मुल्य हिन छ जीवन, अर्थ बिहिन छन शब्द! नमरे  सम्म  जरुरत पर्ने त्यो नशा,अनी सम्बन्ध प्रतिको त्यो झुकाव, सपना र कल्पनाको छुट्टै साम्राज्य निर्माण मा  लागि परेको अवस्था !!!!भोली लाई सोच्दा आङ नै सिरिङ्ग हुन्छ के नतिजा पाउने हो भनेर ?
तर उन्को नाम को अगाडि मात्र नै सबै असम्भवता हारेर घुडा  टेक्छन ।
आज एकाह्ग्र भएर सोचे तर पनि यही नै सही लाग्छ किन? छुट्टीदा को तड्पाइ भुलेर भेट्दाको खुशी अङ्गाल्न यी मन  तम तयार छन !भोली क हरेक कठिनाई सङ्ग लड्न तत्पर छन किन ?शायद मान्छे आँफै नबनेर कसैको श्रीजनाले बनेको हो त्यसैले त गूड्ने चक्का छ नियन्त्रण शक्ती बिनाको!!!
(रमेश  एकल )


 



माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...