हुदैन भने' मिलन भनेको छु
बसिनेछ अनसन भनेको छु
रमाइलो चरण मायाको
गर्न हुन्न समापन भनेको छु
मुटुको साटो' माया हो माग
हुनै पर्छ सम्बोधन भनेको छु
बिछोडको कारण चाहियो
चाहिदैन समर्थन भनेको छु
तिमी जानु अगाबै यो मेरो
अर्थी गर्नु बिसर्जन भनेको छु
हुदैन भने' मिलन भनेको छु
बसिनेछ अनसन भनेको छु
रमाइलो चरण मायाको
गर्न हुन्न समापन भनेको छु
मुटुको साटो' माया हो माग
हुनै पर्छ सम्बोधन भनेको छु
बिछोडको कारण चाहियो
चाहिदैन समर्थन भनेको छु
तिमी जानु अगाबै यो मेरो
अर्थी गर्नु बिसर्जन भनेको छु
भो! तिमी सँग बाजेर सकिन
बोली मात्र गयो खेर सकिन
नयाँ दिन, नयाँ बहाना
तिम्रो कहानि पढेर सकिन
थाहा छ, यो प्रेम यस्तै हो
पाउन माया चाहेर सकिन
भुल्नै पर्ने बाध्यता देख्छु
रोइ रहन सम्झेर सकिन
के हो निर्णय ? भने हुन्थ्यो
बस्नलाई भो अबेर सकिन
हरेक बिहान गन्तब्य ताकेर जान्छ
पुग्छ मन्दिर फूलपाती राखेर जान्छ
तपस्या गर्छ दिर्घायुको निमित्त सधै
आउँछ कालले जीवन मागेर जान्छ
पटक पटक ढोका पिट्छ चुनौतीले
तर्किन्छ अवसर धुरी नाघेर जान्छ
देशमा खान’ प्रबासमा जिउन गाह्रो
बारम्बार मृत्युले नाडी छामेर जान्छ
नाम उपर चढाउन् बिजयको माला
जीवन त’ स्वयम सँग हारेर जान्छ
के गर्न खोजेको सावित तिमीले
बल्झाएर फेरी अतित तिमीले
लगायौ नजर' आएर सामु
बनाएरै छाड्यौ आजित तिमीले
नचीने झै गर्दै सोध्यौ ठेगाना
भुलेर मान्छे परिचित तिमीले
गाउछौ रे गुण गान उसैको
माया प्रेममा आधारित तिमीले
दुनियाँमा केही बाँकी राखेनौ
सबै म सँग सम्बन्धित तिमीले
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...