एक्लै पर्यो रंगमञ्चमा जिवन
उस्तै हो म अनि क्षितिजको घाम
के गर्न खोजेको सावित तिमीले
बल्झाएर फेरी अतित तिमीले
लगायौ नजर' आएर सामु
बनाएरै छाड्यौ आजित तिमीले
नचीने झै गर्दै सोध्यौ ठेगाना
भुलेर मान्छे परिचित तिमीले
गाउछौ रे गुण गान उसैको
माया प्रेममा आधारित तिमीले
दुनियाँमा केही बाँकी राखेनौ
सबै म सँग सम्बन्धित तिमीले
तिमी गयौ जीवनको'आधा पाना बाँकी छ
साथी भन्नु चार भित्ता,एक छाना बाँकी छ
बाचा र कसम सकियो' अब प्रेम गर्नुको
दुई कुरा सजाय र जरिवाना बाँकी छ
आधा अधुरा रहे केही चाहानाहरु अझै
आफ्नो बनाउन तिमी र सिमाना बाँकी छ
खास जिउनै पर्ने कारण छैन जिन्दगीमा
श्वास छ, मर्न नसक्नुको बहाना बाँकी छ
तिमीलाई पाउने ठुलो सपना त्यागे मैले
अब यो मनमा रहर स-साना बाँकी छ
मैले आसय नबुझेको तिम्रो खत हरायो
रातो मसी सेतो खाममा ठेगाना बाँकी छ
2074/5/18
तिम्रा यादहरु यावत पठाउँछौ
स्पष्टिकरणमा खत पठाउँछौ
यो अन्याय भयो सरासर भन्छु
उल्टै मलाई हिरासत पठाउँछौ
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...