Thursday, 9 November 2017

पुगेर

रोक्यो अडान  परिवर्तनमा पुगेर 
पार्टी बद्लीयो निर्वाचनमा पुगेर

सपुतले सपथ  लिएर कुपुत भो 
के सुन्यो? भाषण सदनमा पुगेर 

सोचे!अब दगुर्छ मेरो नेपाल पनि 
रोकियो सभाको मिलनमा पुगेर 

एक झुपडिमा देउता प्रकट भयो  
र किन्यो मत आश्वासनमा पुगेर 

दैलोमा गरेको बाचा र कसमहरु 
भुल्यो  बिजयको आगनमा पुगेर 

चुनेको मानिसहरु मानिस रहेनन्  
बाँदरको  चाल  चलनमा  पुगेर 

देशको शरीर बेचेर सुख किनेछन् 
नेपाल  आमाको धड्कनमा पुगेर

Wednesday, 8 November 2017

बिक्री

अघी  पछी  नहेरी  बिक्रीमा 
राखेछौ  मुटु  फेरी  बिक्रीमा  
जीवनमा उज्यालो पाए पछी  
भुल्यौ,राख्यौ अधेरी बिक्रीमा

देउ

कसुरहरु  छानीछानी  गर्न देउ  
नजरलाई  मनोमानी  गर्न  देउ 
हामी  मिल्नु  पर्छ’ छोड  सब 
दुनियाँलाई आनाकानी गर्न देउ

बोकेर

हिडें बोकेर अभिलासाहरु 
तिमीलाई पाउने आशाहरु 
तर छेकिदिन्छ मेरो बाटो 
तगारो  बनेर   तमासाहरु

Tuesday, 7 November 2017

बुढो

जति  सोचें  त्यति झन बुढो हुँदैनन्  
खाता पाता जस्तो धन बुढो हुँदैनन्   

देबकोटा बुढा भई गए' नाम छोडी 
मर्दैनन्   मुना  मदन   बुढो  हुँदैनन्    

कागज पुरानो भयो कलम पनि 
तर  लेखेको  लेखन  बुढो  हुँदैनन्     

छाला  चाउरी  पर्दैमारहर मरेन 
तन  जस्तै  मनहरु   बुढो  हुँदैनन्      

उमेर धेरै  भयो  भनेर कहाँ  हुन्छ?
गन्ती  होइन  जीवन बुढो  हुँदैनन्

दुईवटा

हेर्थे   सधै  नयन  उघारी  दुईवटा 
एउटा  मन्दिरमा  पूजारी  दुईवटा 

निशाना चुक्यो भनिदिए ढाटेर सत्य 
थियो एक सिकार सिकारी दुईवटा 

यस्तो एउटा तुफान चल्यो अनयासै 
माया    मुटु लग्यो बढारी दुईवटा  

रमाएर  अर्कै  हात  समाएर  गई 
हेरे आँखा झिमिक्क नपारी दुईवटा 

एक आफ्नो जिवन अर्को तिम्रो याद 
बन्यो  सधै  मेरो  महामारी दुईवटा 

तिम्रो बारे जान्न पाँउ अनि रुन पाँउ 
गर्न  बाँकी  भलाकुसारी दुईवटा

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...