हरे.....! Internet data नै सकिएको रहेछ ..।
हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने।
रुमको भुइ भरि अनेकौं सामान छरपस्ट छन् ।
पानी को बोतल लडेर निर्जलम छ । कुनै सामान स्थाइ स्थानमा छैनन् । रातिको म जस्तै हलचल रत छन्।
हाँसो लाग्छ । कोठाको अवस्थामा माथि 'अनि हाँसे फेरि हिजो को आफ्नै परिस्थिति सम्झेर ।
महिनाको अन्तिम मा अब कति तलब बुझेको हिसाब गरेर साध्य छैन।
सिक्का खोजे 10,20,50cen गरी RM11 जम्मा पारे..
नुहाउन धुन भन्दा पनि बढी आतुर त Facebook Twitter जस्तै' आदि ,आदि Aps.....मा हुन्छ।
होस्टेल को भुइँ तल्ला मा top up machine छ।
सिक्का बजाउदै झरे....।
machine को keyboard चोर औला ले थिच्दै गए ।
amount माग्यो एक मुठ्ठी सिक्का सबै खन्याई कोठा फर्के ।
mobile हेरे । दुई वटा massage छ।
पहिलो -
Your subscription for monthly 2.5GB has been suspended due to insufficient credit balance. Please reload to enjoy the service.
Reloaded RM 10.00(excl GST) to you. Your new balance:RM 10.00, expiry 23/07/2015.
खास अत्यावस्यक विषय केही थिएन,तर यो Facebook Twitter जस्ता aplication हरु नसा नै भइसकेको छ।
सबै दर्जा र वर्ग माझ'..अनि म पनि त अर्कै planet बाट अाको होइन क्यारे ! अनि कसरी अछुतो रहन सकुला...?
सबै तिर खोतलिन मन लागेन' सम्झे .. !
हिजो messenger बाट call गर्दा गर्दै disconnected भएको थियो।
त्याहा निर रोकिए'messenger empty थियो 'तर सोही caller को whatsapp मा एउटा प्रश्न थियो ।
मलेसियन भाषामा'
हिजो मैले लेखेको थिएँ' तिम्रो फोटो पठाउन है ..!
बल्ल अाज उसले massage received गरेर होला 'उसले लेखि!
एक छिन् ल..!
एकै छिन् मा दुबै तर्फ मौनता छायो ।
नाजवाफता लाई टालो हान्ने प्रयासमा .....।
घोट्टीदै छे उ'। विषय जो पायकी छे।
फिल्म हेर्न जाने योजना थियो तिन जना भएर।
साथीहरु नेपाल फर्कदै छन् अर्को महिना।
यो एउटा वहाना पनि थियो । सङ्गै समय बिताउने '
बेरोजगार ले विदेशीन बाध्य पार्यो र विदेश ले संयोग बनाएर अनि पो ' हाम्रो भेट भयो।
नत्र त नेपालमा भेट्नु भनेको त्यही हो।
उनीहरु को हुन् ? अनि म को ? धन्य छ ' विदेश जो लाखौं असम्भावित सम्बन्ध निर्माण गरेको छ। रोजगारीको खाका कोर्ने बहाना बनाएर भय पनि...!
तर कुनै साथीको कस्तो भरोसा विहिन वचन हो कुन्नी ?
जसको लागि योजना आबद्ध थियो उनै गति छाडा बन्छ।
केही छैन दुई जना को यात्रा तय भयो ।
फिल्म पनि हेरियो 'यात्रा पनि रमाइलो नै रह्यो अपेक्षा अनुरूप ।
जोर जस्ती ले पनि जानुपर्ने छ मलाई ....।
र गयौ पनि ' मान्छे को भिड परिस्थिति चित्त नबुझ्दो छ।
धेरै मुखको वहस धेरै ' सुटुक्क साथी लाई सुर्को लगाए
लिएर जाउ बरु' उ पनि राजी देखियो।
मेरो इच्छा सात तले होस्टल को आठौ नम्बर को छटमा जाने
आनाकानी गर्दै थियो साथी तर छिट्टै घोडा टेकीहाल्यो । ल्यापटप मोबाइल अनि चाहिने जति सबै कुरा बोकेर चढ्यौँ छट तिर ....!
मोबाइललाई ल्यापटपमा जोडे' दिउँसो देखि को घुमन्ते मोबाइलको पेट रिक्त छ।
अौला अौला को नाप मा प्याक बनाउ ब्यस्त छ साथी' र मेरो नजर त्यही निर अडीएको छ। साइडमा अर्जित सिङ खुलेको छ।
मे रंग सर्बत का .............तु मिठी घाटका पानी ..............!
एक दुई प्याक लगाउदा नलगाउदै याद फेरि योजनामा गएर अल्झियो। दिउँसो को विश्वास घाती साथी ।
battery low को बाबजुद पनि अौला हरु उसको नंबर dail गर्न लम्कियो।
साला यो मन पनि कति गिलो छ।
अरु पनि त्यही भन्छन्।
इखालु हुनै जानिएन ।
सबै पचाउन सक्छ यो मन'
हुन पनि आमा त्यही सिकाउनु हुन्थ्यो ।
'रिस ले आफु खा बुद्धिले अरु खा' ।
उसलाई बोलाउने निधो गरे । हुनत नराम्रो काम मा उसलाई सामेल गराउने मनसाय छैन' तर यो सब वहाना त हो।
मिल्नु त साथी सँग छ यहाँ ....तामाङ को छोरो हो उ' सायद कुनै प्रतिबद्धता बिच चुक्यो होला नत्र खुट्टा नझिक्नु पर्ने !
या त वेवास्ता गरेर होला ...।
भो '.... ! यो सव संग लेनदेन को तुक छैन। जो मनले साथी देखिसकेको छ।
भोलि उ दोलखा फर्कनेछ म स्याङ्ग्जाली
वस हाम्रो बाध्यता र परिस्थिति हामि बिच तगारो बनेर तेर्सिने बित्तिकै भेट सम्भव हुन सक्ने छैन।
सङ्गै हुँदा पो' यो गुनासो को उत्पति भो नत्र भोलि छुटे पछि न गुनासो छ ' नत यसको अर्थ शून्य भन्दा माथि ।
उसको जे बुझाइ होस हाम्रो साथीत्व माथि तर हामी सबै आफ्नो बुझाइमा मात्र त नजरअन्दाज गर्ने गर्छौ। यो मनले साथी सोच्छु 'वस इत्नाही काफी है" |
म पनि के कम mobile उठाए अनि online मा को कस्ले आफ्नो महत्वपूर्ण समय व्यतीत गर्दै छन् हेर्न थाले।
यता खोलापारी का मैयाहरु हरियो लाइट युक्त online मा ताँती लागेका छन्।
के नै उखाल्नु छर? कम्पनी अफ छ चार दिनको लागि।
यस्तै मौकामा हुन्छन् पारखीहरु.........।
अो' ! झट्ट याद आयो हिजो एउटा Tweets पढेको थिएँ।
"केटी हेर्दा अनुहार वाली नै हेर्नु पर्छ बानी त घर ल्याएर राम धुलाई गरेपछि सुध्रि हाल्छ " रे.......!
कुरा हुँदै गयो नानाथरी।
बोतल आधा आधि भएको छ ।
आधा चाहिँ नसा नसा यात्रा तय गर्दै मस्तिष्क मा उत्तेजना सिङ्गार्न तल्लीन छन्। र गिलास बिचरा रिक्ततामा उदास छ।
र मद्होस बनेर के निर्देशन दियो खै..?
उता बाट प्रश्न आयो।
पत्रकार नै हो की क्या हो मोरी 5W1H सबै मै तिर तेर्स्याउदै छे
जाबो त्यति शब्द को प्रतिक्रिया स्वरुप किताब नै भर्छे कि?
साँच्चै गल्ती नै हो त मेरो ? सर्वोच्च मा नै रिट दायर गर्छे जस्तै गर्दै छे मोरी .......!
के म पराइ हो र' यति विधि रन्कनु पर्ने ??
सायद यो समय उ कसै संग रिसाएको छ भने' त्यो सबै रिस मेरै भकारी मा खन्याउदै छे । मेरो सोचाइ, मा..!
जाबो एक कार्यस्थल को सहपाठी नाताले हामी लाई यति त' रुप दिएको छ। की' हामी एक राम्रो साथी मात्र हौ। नत्र हामीमा अन्तर ल्याउने धेरै विषय र माध्यम छन्।
दुरी भाषा धर्म संस्कृति यि तीनको पुरक हो।
Messenger बाट call गरे। पहिलो घण्टी नसकिदै आवाज आयो ....।
Hello..!
मैले जवाफ दिए Hi..!
कुरा विषयमा नै छिर्यो।
(उ कृतज्ञाता जाहेर गर्दै छे ...। )
किनकि तिमी मलाई माया नै गर्दैनौँ।
मैले सोधे ...!
त्यही लगाव अनि आसक्ति मेरो निम्ति प्रस्फुटन हुन सक्दैन।
अझै अरुले नाम जोडेर गर्ने वहस त मैले वास्ता गरिन ल...।
तर तिमी आफै मग्न भएर सोच तिमी कति लालायित छौ
उ प्रती ....जाबो एक शब्द संवादीत गराउन..।
अलि उच्च आवाज मा उसले भनी ..।
देख्ने नजर र अन्तर मनको परिस्थिति समान हुदैन।
रह्यो आसक्ति र लालायित पन हामीले कुनै पनि सम्बन्ध बिच झुकाव राख्नु नराम्रो भन्न मिल्दैन।
कोही कसैले हामी प्रति देखाएको अचुक व्यवहार प्रति नचुक्ने प्रयत्न गर्नु मानवीय स्वभाव हो। मैले भने ..।
वास्तवमा भन्ने हो भने तिमी हामी धेरै दुरी पार गरी यो पराइ मुलुकमा हाम्रो श्रम बिसाउने बहानामा संयोग वस मिलेका परिचित रंग लेपन अपरिचित हौ।
हामी मा यहाँ आफ्ना को कमी महसुस हुनु स्वाभाविक हो।
त्यसैले त हामी कछुवा गतिमा कसैको सामीप्य पछ्याउन थाल्छौ।।
यो नियत नभएर नियति हो।
कसैको साथ ले हाम्रा आफ्ना हरु प्रति को अतृप्त प्यास मेट्ने ध्याउन्न को बिकास हुन्छ। हामी र हाम्रो बारे चासो राख्ने प्रति हाम्रो ध्यान अलि बढी नै लम्बिन्छ।
तर आफ्नो आफ्नै हुन्छन पराइ बाट मात्र हलुका बन्ने प्रेरणा मिल्छ। र बृद्धि भएको कमीपन को आपूर्ति हुन्छ।
(नभएको मामा भन्दा कानो मामा बेश)
नेपाली उखान मोलेर मैले सम्झाए उसलाई ...।
उ मेरो कुरा बिच मा छुरा हाल्छे......।'
उसले भनी ...।
हिम्मत र कायरता लाई मेरो छाती को रंगशालामा प्रतिस्पर्धी बनाएर उतार्ने प्रयत्न गर्दै छे उ....।
ज्यान दाउ मा राखेर अरु को भलाइ को खातिर लड्ने हामी नेपालीहरु हार्न जान्दैनौ र हार्न सिकेको पनि छैनौ।
म व्यथा मिश्रित फुर्कि लगाउन पछि परिन ...।
नत्र के हामी हाम्रो देशको खेत,बारी ,खोरिया बिच पौरखी हात खियाउन नसक्ने छौ र ?
कृषि प्रधान मेरो देश नेपाल गौरवको जति सुकै भारी बोके पनि बिहान बेलुका हात मुख जोड्ने चाजो बुन्न असमर्थ छ।
माटो को माया कसलाई पो हुदैन र पकायर खान पो नमिल्ने।
भोलि उमेरले बाध्यता जन्माउन सक्नेछ पराइ भुमीको गुलाम समेत नसिव हुने छैन।
अनि त्यही खोरिया मा नचाउने हात र खुट्टा समेत श्रम र पसिना सङ्गै दान दिने कसको रहर होला ?
यो खाडी मा ज्यान सम्म जोगाउन सके धन्य आधा अधुरो सपना बोकेर प्रदेशि घर फर्किन त सक्ने छ।
नत्र सपना बुन्ने अभागी आफ्नो सपना बोकेर सदा को लागि हात हल्लाउने छ साकार उन्मुख प्रतीक्षारत परिवार लाई..।
हासिल को नाउ मा पाउने छ मात्र कठै बिचरा को अोइरोहरु।
हाम्रो वास्तविकता लत्याउछन् यहाँ ..!
हाम्रो गरिमा लाई कुल्चिदिन्छन् यहाँका हरु....!
जब जब बुद्ध को परिचय बसाइँ सारेर दिन्छन् ...
अनि बेवारिस पारिदिन्छन् सगरमाथाको देशलाई ...!
दुखेर आउछ छाती भक्कानो छुट्छ मनमा
वेकाबु हुन्छन् गह हरु डाको छाडेर रुन चाहन्छन् ..।
न बुझ्छन् यहाँका ले न बदलिन्छ स्थिति मेरो देशको..!
साचेर राखेको छु नेपाल आमा माथि लागेका दाग पखाल्न..!
मेरा पसिना अनि आशु हरु .......।।
बारम्बार चुम्बन ग्रहण गरेका ग्लास यथावत् छ।
बोलीमा कही हारेका कुरा केही गुनासो र असन्तुष्टि पोखिरहेका छन् भने कही सङ्कुचित बिचार जाहेर त कही बिग्रे भत्केको सपनाको साथै अस्लिल शब्द हरु ..।
रातीको १२ बज्नै लागेको छ चिसो हावा कानै छेउ भयर बत्तिदै छ। सरररसरररर...........। ल्यापटपमा बजेको गीतले पल संगितमय बनाएको छ।
म दुई पक्षबीच भुमिका निर्वाह गरेको छु यता अगाडि का साथीहरु र मोबाइलमा उनी ..।
त्यस्तै बिच अगाडि बाट आरीसे शब्दको झटारो आयो ..
कति झुन्डिन सकेको फोनमा ?
झकार्छन् मलाई मेरा साथीहरू ....।
स्वार्थी हरु मोबाइल नै पो छिनाउन भ्याए मेरो हात बाट
ल के गरेको?
एकै छिन् मात्रै अब' मैले मागे।
मैले बिन्ती बिसाय।
अब चाहिँ पारो मा तापमान बृद्धि हुन सक्छ।
म झम्टिदै बल्लतल्ल मोबाइल खोसे ।
ल ...! कल त अफ भइसकेको रहेछ।
फेरि कल प्रयास गरे । तर लागेन।
साथीलाई गाली गरेर चित्त बुझाए...।
त्यही मुनी ठूला ,ठूला आकारमा जहाज हरु दिसा ताकेर उडेको देखिन्छ।
गतिरत बादलले बालापनको याद दिलाउँछ।
बालापन मा जिज्ञासा हुन्थ्यो बादल हिडेको कि जुन तारा ? पछि यथार्थ बुझ्न सक्ने ठुलो भएपछि को याद ति जहाज ले दिन्छ। यस्तै जहाज चढेर आएको पनि सात वर्ष पो भएछ ।
फेरि चढेर घर फर्किने मौका पाएको छैन।
समस्या आफैंमा ठुलो छ। वस मलाई थाहा छ। प्रवाश मा वैधानिक र अबैधानिकता को दलदल विच कती मुल्य चुकाएको छु ।
सोध्ने हरुलाई जवाफ छ ।आफन्तको अहितमा लागेर व्यक्तिगत स्वार्थ पूर्तिको मार्ग लागेको छैन म'.....!
बाँकी रहेको छोटो गति नापेर जहाज यतै कतै अवतरण भयो होला।
तर यो मन अझै छिटो सयौं समुन्द्र पार गरेर घरको आँगनमा अवतरित हुन पुग्छ।
अनि मेरी प्यारी दिदी बहिनी लाइ मिठो माया' अनी भेना को पनि खुट्टा छोए ' र भान्जा भान्जी लाई माया र आशीर्वाद ...।
वर्षौ देखी को कति आशा पालेर राख्नुभएको छ।
घामले पश्चिमी क्षेत्र टहलिन सुरु गर्यो अव वस' वस्तुभाउ गोधूलि साँझ छदै गोठ छिरुन् रात छिप्पिए पछि आभास मात्रै जिउँदो रहन्छ नजर बन्द समान हुन्छ।
मलाई हेर्ने इच्छा जुरआमाको ....। घाम डुबेपछीको दिन अन्धकार लाई काखी च्याप्ने बाध्यतामा पछुताउन बाहेक अर्को सिप छैन । मलाई डर छ। नियति माथि ।
र साकार म बिच अल्झिरहेको छ। कदम कदापि जुनसुकै कारण बस यो पुरा भएन भने मैले स्वयम लाई कहीले पनि माफी दिनसक्ने सक्ने छैन। त्यो आत्म ग्लानिले मेरो जिवन लाई लामो दुरी दिन सक्ने छैन।
साथी को आवाज सुनेर झसङ्ग हुन्छु। ब्यूँझन्छु। त्यो मिठो कल्पनाको संसारबाट ... छटको भित्तामा पिठ्युँ अड्याएर आकाश तर्फ हेरी खुल्ला आखाले देखेको सपना त्यो ।
बिहान पो पाउछु' आफुलाई लथालिङ्ग कोठा बिचमा ।
बिरत्तिन थालेको अवस्था हो यो' । दिनको सूर्य हेर्न छुट्टी नै कुर्नुपर्ने हुन्छ । यो रुटिन मा आफुलाई डोर्याउन थालेको दशक हुन आट्यो।
खै त परिवर्तन ?
अचेल काम सकेपछि सोलमारी को साइत दैनिकी जुर्छ।
महिनाको अन्तिम मा एटिएम कार्ड र मेसिन को भेट्ने बहाना जोगाउन गाह्रो छ।