Saturday, 27 January 2018

हसिया हुँदै

चोट आए पछि खुकुरी  हसिया हुँदै 

गयो अचानो सरि मन छियाछिया हुँदै 


चिया पसल  बन्द गरेरभट्टि सरिछौ 

सर्यो सराब तिरै मेरो हिया'चिया हुँदै 


गास काटेर खुवाउने सँग अंश माग्यो 

जब छोरा गए ठुला अनि बलिया हुँदै 


बृद्ध बाआमालेआश्रम  पाए उपहार   

छोरो हुर्काएको हलिया भरिया हुँदै  

  

अरुकै भयो मेरो भनी गर्व गर्ने  माटो 

पालेर  जीवन बन्दकी अधिया हुँदै


कसरी मेरो भनु? यो गजललाई पनि 

आगमन  भो अरब  बाट इन्डिया हुँदै

Saturday, 30 December 2017

हेरे

उनलाई  मन  दिएर  पनि हेरे 
र उनको मन  लिएर  पनि हेरे   
युगल बनेर नि हेरे’ छैन सुख 
एकल जीवन जिएर पनि हेरे!

जस्तो

सधैं तिम्रो चुरिफुरी खेले जस्तो 
गर्छौ कुरा  भुराभुरी खेले जस्तो 

सिमानाको रक्षकलाई थाहा छ
हैन अर्थ  बहादुरी  खेले  जस्तो 

छुट्याउदैन यो  आफ्नो र पराइ 
हैन मजाक खुकुरी खेले जस्तो 

मौसम सरि फेरिन्छ  तिम्रो कुरा 
अनि गर्दछौ मन्जुरी खेले जस्तो

मुटुमा चोट लाग्छ त्यो नजरले,
नहेर्नु  है ! घुरिघुरी खेले जस्तो 

Monday, 25 December 2017

भएपछि

गोधुली  सकिएर  साम  भए पछि 
भेटौँला यो शरीर आराम भए पछि 
तिमी चुपचाप बस्नु, हल्ला नगर्नू  
गाह्रो हुन्छ फेरी बदनाम भए पछि

Sunday, 24 December 2017

के हुन्छ

म' मरे भने बचाउने उपाय के हुन्छ ?
निधो गरे मर्ने' तिम्रो राय के हुन्छ ?
मेरो मृत्युको कारण कुनै पलहरु !
तिमीलाई रुनु परे सजाय के हुन्छ ?

Friday, 22 December 2017

आयौ

दिवा ढले पछी आयौ 
दियो बले पछी आयौ 

समाजमा कुराको ति 
हुरी  चले पछी आयौ 

कठोर त्यो कथाले यो 
मनै गले  पछी आयौ 

लगाबले यहाँ आत्मा 
पुरा जले पछी आयौ 

सबै  यहाँ  बने  बैरी 
तिमी छले पछी आयौ 

छन्द : रक्षा 
गण : ज रा गु
शुत्र : isi  sis ss 
विश्राम : ४

Saturday, 16 December 2017

मान्छे

' मायामा हारेको मान्छे 

आँफैलाई  मारेको मान्छे 


कतै देख्यौ  भने त्यो हुँ 

अश्रु धारा  झारेको मान्छे 


मर्ने, बाच्नेको दोसाद मा 

बैतर्नी तारेको  मान्छे 


तिम्रै कारण आफ्ना सँग  

बोली सम्म बारेको मान्छे


तिमी गयौ' काल आएन 

मै हुँ एक्लै पारेको मान्छे


फुल्ने, फल्ने बने पछी 

भुल्यो बोट सारेको मान्छे


माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...