Tuesday, 5 December 2017

खोज्दैछन्

साथीहरु भाउ खोज्दैछन् 
दुस्मनले दाउ  खोज्दैछन् 
बर्षौ सहेर पनि मेरो बनेन 
दुखाइले घाउ खोज्दैछन्

Monday, 4 December 2017

बाकी

तिमी गयौ जीवनको'आधा पाना बाँकी  

साथी भन्नु चार भित्ता,एक छाना बाँकी  


बाचा   कसम सकियो' अब  प्रेम गर्नुको 

दुई  कुरा  सजाय    जरिवाना  बाँकी  


आधा अधुरा  रहे  केही  चाहानाहरु अझै 

आफ्नो बनाउन तिमी सिमाना बाँकी


खास  जिउनै पर्ने  कारण छैन जिन्दगीमा 

श्वास , मर्न नसक्नुको बहाना बाँकी  


तिमीलाई पाउने  ठुलो  सपना त्यागे मैले 

अब  यो  मनमा  रहर  -साना बाँकी


मैले आसय  नबुझेको  तिम्रो खत हरायो 

रातो  मसी सेतो खाममा ठेगाना बाँकी


2074/5/18

पठाउँछौ

तिम्रा यादहरु यावत पठाउँछौ 

स्पष्टिकरणमा  खत पठाउँछौ

यो अन्याय भयो सरासर भन्छु 

उल्टै मलाई हिरासत पठाउँछौ

पुगे

भाग्यको ओखर फोड्न खाडी पुगे 
जिवनको घुम्ती मोड्न  खाडी पुगे 
रिक्त थालमा अड्किएका हातहरु 
भोको मुख सँग जोड्न  खाडी पुगे 







Wednesday, 29 November 2017

कुन्नी

कति पायौ बैगुनिको उपमा कुन्नी ?
आँखा नदेखिने त्यो बैशमा कुन्नी ? 
बेइमानी त मेरो अतित सँग गर्यौ 
के देखियो कमजोरी म मा कुन्नी ?

Tuesday, 28 November 2017

बनाउछु

अब छुट्टै नामको मुटु  बनाउछु  
मेरो मात्र कामको मुटु बनाउछु 
मायामा जति धोका खाएँ पनि 
नदुख्ने फलामको मुटु बनाउछु

सम्म

जाउ बनेर जाउ बैगुनी हुँदा सम्म
सबैलाई नभई’ नहुनी हुँदा सम्म
ओइलिएको फूल कस्ले चुम्छ ?
छर सुगन्ध छर तरुनी हुँदा सम्म

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...