बिताउनु छ' रातको मुल्य कति हो ?
जिउनु पर्छ' भातको मुल्य कति हो ?
मेरो शिर' तिम्रो चरण बराबर
बताइ देउ' हातको मुल्य कति हो ?
प्रेमको मुल्य' ज्यान दिएर चुकाए
उन्ले गरेको घातको मुल्य कति हो ?
सुन हे! माली' फूलको ब्यापारीहरु
सँगै रहने पातको मुल्य कति हो ?
सराब बेच्नेहरु लाई मेरो प्रश्न
कलेजी अनि मातको मुल्य कति हो ?
धेरै भयो' सुनेको ठुलो-सानो यहाँ
कुन मानव जातको मुल्य कति हो?