Friday, 10 November 2017

मुल्य

बिताउनु ' रातको मुल्य कति हो ?
जिउनु पर्छ' भातको मुल्य कति हो ?

 मेरो  शिरतिम्रो  चरण  बराबर
बताइ देउ' हातको  मुल्य कति हो ?

प्रेमको मुल्य' ज्यान दिएर चुकाए  
उन्ले गरेको घातको मुल्य कति हो ?

सुन हे! माली' फूलको ब्यापारीहरु  
सँगै  रहने  पातको  मुल्य कति हो ?

सराब  बेच्नेहरु  लाई  मेरो  प्रश्न  
कलेजी अनि मातको मुल्य कति हो ?

धेरै भयो' सुनेको ठुलो-सानो यहाँ 
कुन  मानव जातको मुल्य कति हो?

दिएर



पाउदैनौ माया यो सुन दिएर
प्रलोभनमा तारा, जून दिएर 

मनको  दाग  मेटाउन  भन्यौ 
मेरो  हातमासाबुन  दिएर  

गरिबलाई यो के गर्यौ दया 
भोको पेटमा, कानुन  दिएर 

मुटु  लगीन्  उनले बदलामा 
बच्चालाई  झै, बेलुन दिएर

कुन रोजी मैले  गरे तपस्या 
गयौ  मेरो भागकुन दिएर 

रक्त दान  दिने लिने हुन्थे 
हुने भय आफ्नो, खुन दिएर

गयो

आयो फर्केर गयो 
फेरी   तर्केर  गयो 

रोयो एकान्त बसी 
छाती  चर्केर गयो 

बेहोसी यो मनमा 
पानी  छर्केर गयो 

रोक्दै गर्दा रुन
आत्मा धर्केर गयो 

उस्तै आभास गरे 
बर्षा  दर्केर  गयो

Thursday, 9 November 2017

पुगेर

रोक्यो अडान  परिवर्तनमा पुगेर 
पार्टी बद्लीयो निर्वाचनमा पुगेर

सपुतले सपथ  लिएर कुपुत भो 
के सुन्यो? भाषण सदनमा पुगेर 

सोचे!अब दगुर्छ मेरो नेपाल पनि 
रोकियो सभाको मिलनमा पुगेर 

एक झुपडिमा देउता प्रकट भयो  
र किन्यो मत आश्वासनमा पुगेर 

दैलोमा गरेको बाचा र कसमहरु 
भुल्यो  बिजयको आगनमा पुगेर 

चुनेको मानिसहरु मानिस रहेनन्  
बाँदरको  चाल  चलनमा  पुगेर 

देशको शरीर बेचेर सुख किनेछन् 
नेपाल  आमाको धड्कनमा पुगेर

Wednesday, 8 November 2017

बिक्री

अघी  पछी  नहेरी  बिक्रीमा 
राखेछौ  मुटु  फेरी  बिक्रीमा  
जीवनमा उज्यालो पाए पछी  
भुल्यौ,राख्यौ अधेरी बिक्रीमा

देउ

कसुरहरु  छानीछानी  गर्न देउ  
नजरलाई  मनोमानी  गर्न  देउ 
हामी  मिल्नु  पर्छ’ छोड  सब 
दुनियाँलाई आनाकानी गर्न देउ

बोकेर

हिडें बोकेर अभिलासाहरु 
तिमीलाई पाउने आशाहरु 
तर छेकिदिन्छ मेरो बाटो 
तगारो  बनेर   तमासाहरु

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...