Thursday, 16 March 2017

लैजाउ

आउ हे'दैब प्राण,पखेरी लैजाउ।
रोक्लान बाटो तर नटेरी लैजाउ।

निको हुन्छ,चोट लाग्दा रोए पनि
दया लाग्दा नयन नहेरी लैजाउ।

मेरो अन्तिम ईच्छा उनको खुशी 
बिन्ती मेरो भाका नफेरी लैजाउ।

मेरो उमेर,मेरो उज्यालो उनिलाई
म' सङ्गै उनको अधेरी लैजाउ।

Ramesh

Wednesday, 8 March 2017

बिदेश


बिदेश हो गाउँमा' भारी बोके जस्तो छैन साइली 
जिद्दी गरि बाआमालाई टोके जस्तो छैन साइली 

दिन रात खट्नु पर्छ पसिनाले पैसा टिप्न 
आराम गर्न खेतमा हलो रोके जस्तो छैन साइली 

स्वदेशको याद आउँदा रुनु पर्छ एक्लै
साथीभाई बिचमा गफ खोके जस्तो छैन साइली 

हाम्रो गोठको चौपाया झै बन्धन छ यहाँ 
गाउँ घरमा भट्टी पसि धोके जस्तो छैन साइलि

Ramesh

Thursday, 29 December 2016

प्रेम -मेरो बिचारमा


तिमी कुनै कारणले कसैलाई प्रेम गर्न थाल्छौ भने' त्यो प्रेम होईन केवल लगाव मात्र हो। जहाँ लगाव हुन्छ त्यहाँ ईच्छा हुन्छ' अनि जहाँ ईच्छा हुन्छ त्यहाँ अपेक्षा(expectation) हुन्छ । जब त्यो अपेक्षा पूर्ती हुँदैन तब तिमी भन्छौ धोका भयो ।वास्तविक प्रेममा न कारण हुन्छ , न अपेक्षा हुन्छ न त धोका नै हुन्छ । केवल प्रेम अनि प्रेम मात्र हुन्छ । प्रेममा झुकाव हुन्छ लगाव हुँदैन ।  वियोग(tragedy) हुनसक्छ तर धोका हुँदैन ।♥यदि तिमीहरु बीच धोका भयो भन्छौ भने' बुझिन्छ तिमीहरु प्रेममा थिएनौ' केवल भ्रममा थियौ ।

लेख

आज  मैले एउटा रमिता लेखेको छु'
किताब हैन एक कबिता लेखेको छु'  
                                                                     
बल्ल चिने'मेरा माया गर्ने मान्छेहरु
कलेजिमा माता अनि पिता लेखेको छु'       

धेरै जसो बियोगमा जल्दै दिन काटे
अब यहाँ प्रेम जल्ने चिता लेखेको छु'

खाने छैन प्रेममा झुटा ति कसमहरु
हात राखी बाचा गर्न गीता लेखेको छु'          
                                                              
सत्य,सहि जिवनमा मिठा लागेनन्      
फेरी पनि मीठा हैन, तिता लेखेको छु'       

आज  मैले एउटा रमिता लेखेको छु' 
किताब हैन एक कबिता लेखेको छु'

रमेश सारु(स्याङ्जा)

Saturday, 30 July 2016

ऊ भन्थ्यो



भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो !
छोएर बच्चाको फोटो ऊ भन्थ्यो !

गुजारा चलाउन खाडी हानिए 
तिरेर  रकम मोटो ऊ  भन्थ्यो !

रुनुको बिकल्प छैन सम्झेर घर
रहेनछ सफर छोटो ऊ भन्थ्यो !

ढाका टोपी सिर माथि सगर झै
सम्झन्छु डऊरा भोटो ऊ भन्थ्यो !

Friday, 29 July 2016

पिर

कतै बाढि जानुको पिर कतै सरकार धल्नुको पिर छ यहाँ 
अस्ती को खरेडी सेलाएको छैन घर जल्नु को पिर छ यहाँ 

विश्वाशले आस्था गर्यौ कहाँ छौ सबको मालिक ?
बिपत्ती र आपत्ति मा तिमिले सबैलाई छल्नु को पिर छ यहाँ 

सबैले भन्छन् सतिको श्राप पाएको देश हो’रे हाम्रो 
पथपैतला गलिसक्यो अब तिम्रो भरोसा गल्नुको पिर छ यहाँ 

बिनासकारी सबै रुप लियौ’ पल भर मा ढले सपना 
भोली कस्तो हुने हो’अर्को डरको लहर चल्नु को पिर छ यहाँ 

भुकम्पको घाइते’खरेडीको प्यासी म’बाढीमा बगायौ 
जिउने आसा छैन भोली’ आजको पल टल्नु को पिर छ यहाँ

Monday, 25 July 2016

सम्झनु पर्छ

मान्छेले दिदा सम्झनु पर्छ !
मान्छेले लिदा सम्झनु पर्छ !

साथ अनि सम्बन्ध के हो ?
अब छुट्टीदा सम्झनु पर्छ !

आशु सबैको उस्तै त'हो ।  
मन्ले कल्पिदा सम्झनु पर्छ !

पल भरको मुल्य के छ यहाँ ?
छोड्न तम्सिदा सम्झनु पर्छ !

बनाउनु र बिगार्नु को फरक 
आफै भत्कीदा  सम्झनु पर्छ !

हजारौ सामू एक को निम्ती 
आँखा रित्तिदा सम्झनु पर्छ !

पिडा के हो ? घिणा के हो?
त्यो मन बल्किदा सम्झनु पर्छ !

को आफ्नो को पराइ यहाँ ?
स्वयम् झुक्किदा सम्झनु पर्छ !

मान्छेले  फिदा सम्झनु पर्छ !
मान्छेले अल्बिदा सम्झनु पर्छ !

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...