Monday, 27 November 2017

सकियो

जिउन थामेको सम्बन्धको डोरै सकियो 
अब थोरै बाँकी छ जीवन, थोरै सकियो 
मेरा यि पाइलाहरु बाटो मूनी परे पछि 
मात्र पिडा छ, खुशीहरु पोहोरै सकियो

Monday, 20 November 2017

तिम्रै


यो घर पनि तिम्रै 

थर  पनि  तिम्रै 


तिमी भनेर आँए 

रहर  पनि  तिम्रै 


गाउँ पराइ  भयो 

शहर पनि  तिम्रै 


आँफै प्रश्न गरेर 

उत्तर  पनि  तिम्रै 


अब खाने अमृत 

जहर  पनि तिम्रै

खेलिरहेछ

कोहि मायाको चाल खेलिरहेछ

हो ' साच्चै कमाल खेलिरहेछ 


देख्नु भेट्नु छैन' खेल मैदानमा 

सामाजिक  संजाल खेलिरहेछ  


हेर्छु' प्रेम खुशी हो! भन्नेहरुको 

आँखामा फेवाताल खेलिरहेछ  


तिम्रो  नजरमा नशा भन्ने    

सराबमा   आहाल  खेलिरहेछ   


प्रेमलाई ठाउँ  छैनयो मनमा 

मेरो  राष्ट्र   नेपाल  खेलिरहेछ   


Saturday, 18 November 2017

गराएर


घरलाई  नै  अदालत गराएर 

गयौ  भुलको अबगत गराएर  


आशुको  बदला' नशा दियौ 

सराब  पिउने  आदत गराएर 


तोद्यौ  बाचा  सम्बन्धलाई 

दियौ उपमा हिरासत गराएर    


धुजा, धुजा पार्यौ मेरो छाती 

खुनै  खुनले लतपत  गराएर 


गई' उस्कै निम्ती रोकिएको 

यो  मुटुलाई सहमत गराएर   


छोड्यौ! बेहाल बिरक्त मेरो 

जिवन फेरि यथावत गराएर   



Thursday, 16 November 2017

के छ र

भनिदेउ खास बाध्यता के छ र ?
भेट हुनै गाह्रो ब्यस्तता के छ र ?

लाग्छ ! तिमी पनि मान्छे नै हौ 
त्यो  बाहेक बिशेषता के छ र ?

काल  जित्दैनौ' जितेर  मान्छे !
यद्यपि  अरु  क्षमता  के छ र ?

फेरिन्छ  सम्बन्ध  लुगा  सरि      
मान्छेको आवस्यकता के छ र ?

कति जिउँछौ स्वार्थको निम्ती 
लेखेको त्यहाँ  बिरता के छ र  ?

Tuesday, 14 November 2017

होनी

बाँचेको छु’ मरी मरी त्यस्तै त हो नि 
को नै छ र अजम्बरी त्यस्तै त हो नि

तिमी आकाशको जून साबित भयौ 
म भुइको धुलो सरि त्यस्तै त हो नि 

सक्त, असक्त  समान  हुन्न  रहेछ 
तिम्रै  मात्र मनपरी त्यस्तै  त हो नि 

जब प्रेममा  झुक्न सिके तिमी सँग 
अडान  अनेक थरी त्यस्तै  त हो नि

तिमीले झै मैले पनि  भुल्न सकिन 
तिम्रै  याद घरिघरि त्यस्तै त हो नि

नजर  जुधाई  बोल्न सकिन भेट्दा  
चाहेर नि  सधै भरी त्यस्तै त हो नि

Friday, 10 November 2017

मेरो

सिन्दुर हैन’  निधारको टिका मेरो हो 
तिम्रो पियारी पहिले प्रेमिका मेरो हो
हिड्छन्  राम र सिता झै जोडी बनी 
उनि कुनै समयको  राधिका मेरो हो

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...