भनिदेउ खास बाध्यता के छ र ?
भेट हुनै गाह्रो ब्यस्तता के छ र ?
लाग्छ ! तिमी पनि मान्छे नै हौ
त्यो बाहेक बिशेषता के छ र ?
काल जित्दैनौ' जितेर मान्छे !
यद्यपि अरु क्षमता के छ र ?
फेरिन्छ सम्बन्ध लुगा सरि
मान्छेको आवस्यकता के छ र ?
कति जिउँछौ स्वार्थको निम्ती
लेखेको त्यहाँ बिरता के छ र ?