Sunday, 5 November 2017
उस्तै
काठमाडौं उस्तै पोखरा उस्तै
छ फूल, अनि छ भमरा उस्तै
प्रेममा ज्यान र सानो मुटु
जोखिममा पर्ने खतरा उस्तै
कोही मिलनमा हाँस्दा खेरी
कसैलाई पिडा बिचरा उस्तै
छैन भिन्न मेरो आँखा अनि
बर्षामा उर्लिने छहरा उस्तै
कसरी धेरै बुझ्यौ तिमीले?
पढेको प्रेमको कखरा उस्तै
Friday, 3 November 2017
कहाँ हुन्छ
तिम्रै मात्र मनपरी कहाँ हुन्छ ?
मन फेर्छौ घरिघरि कहाँ हुन्छ ?
माया हुन्न भन्छौ’ हुँदैन भन्छौ
थोरै प्रयास नगरी कहाँ हुन्छ ?
शुख, दु:ख आउछ पिरतीमा
हतासिएर त्यसरी कहाँ हुन्छ ?
पिरती पूजा अनि दर्शन हो
नगरीकन चाकरी कहाँ हुन्छ ?
मैले कसै सँग बोल्नै नहुने
सजाय अनेक थरी कहाँ हुन्छ ?
Thursday, 2 November 2017
चलेकै छ
भए म’ सर्वहारा चलेकै छ
जेन, तेन गुजारा चलेकै छ
घाइते छु’ बैसाकी छ मेरो
पुगेसरि साहारा चलेकै छ
सुचारु भो तिमी गए पछी
यि नयनमा धारा चलेकै छ
पागल भनुन्’ भनुन् बहुला
उस्तै हुनेछ पारा चलेकै छ
छैन घामले पालो भुलेको
भुलेर जुन, तारा चलेकै छ
सम्बन्ध चलेन’ हामी रोयौ
तर संसार सारा चलेकै छ
जेल छैन माया मार्नेलाई
आजाद मनमारा चलेकै छ
माग
ज्ञान धेरै बोलि कम मागेको छु
फेरी एउटा गौतम मागेको छु
बुद्ध देउ होइन भने शान्ति देउ
दुई कुरा हरदम मागेकोछु
देख्छु
हरेक मान्छे अगाडि एक मुकुट देख्छु
देशमा देशद्रोहीको नाता अटुट देख्छु
अबसर देख्दिन अनि रोजगार देख्दिन
हत्या गर्नेलाई दिने सजाय छुट देख्छु
Subscribe to:
Posts (Atom)
माया को स्वरुप
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
बिहान उठे ..mobile हेरे । हरे.....! Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal हुनु पर्ने। ल..... ! टाउ...
-
आउ हे'दैब प्राण,पखेरी लैजाउ। रोक्लान बाटो तर नटेरी लैजाउ। निको हुन्छ,चोट लाग्दा रोए पनि दया लाग्दा नयन नहेरी लैजाउ। मेरो अन...
-
भाग्य नै मेरो हो खोटो ऊ भन्थ्यो ! छोएर बच्चाको फोटो ऊ भन्थ्यो ! गुजारा चलाउन खाडी हानिए तिरेर रकम मोटो ऊ भन्थ्यो ! रुनुक...