तिम्रै मात्र मनपरी कहाँ हुन्छ ?
मन फेर्छौ घरिघरि कहाँ हुन्छ ?
माया हुन्न भन्छौ’ हुँदैन भन्छौ
थोरै प्रयास नगरी कहाँ हुन्छ ?
शुख, दु:ख आउछ पिरतीमा
हतासिएर त्यसरी कहाँ हुन्छ ?
पिरती पूजा अनि दर्शन हो
नगरीकन चाकरी कहाँ हुन्छ ?
मैले कसै सँग बोल्नै नहुने
सजाय अनेक थरी कहाँ हुन्छ ?