Thursday, 2 November 2017

गजल - खबर


गजल



चलेकै छ


भए  म’ सर्वहारा चलेकै छ 
जेन, तेन गुजारा चलेकै छ 

घाइते छु’  बैसाकी छ मेरो 
पुगेसरि  साहारा चलेकै छ 

सुचारु भो  तिमी गए पछी 
यि नयनमा धारा चलेकै छ 

पागल भनुन्’ भनुन्  बहुला 
उस्तै हुनेछ  पारा चलेकै छ 

छैन  घामले पालो भुलेको 
भुलेर जुन, तारा चलेकै छ 

सम्बन्ध चलेन’ हामी रोयौ 
तर संसार सारा चलेकै छ

जेल छैन  माया  मार्नेलाई  
आजाद मनमारा चलेकै छ


माग

ज्ञान धेरै बोलि कम मागेको छु 
फेरी  एउटा  गौतम मागेको छु
बुद्ध देउ होइन भने शान्ति देउ   
दुई   कुरा  हरदम  मागेकोछु

देख्छु

हरेक मान्छे अगाडि एक  मुकुट देख्छु 
देशमा देशद्रोहीको  नाता अटुट देख्छु 
अबसर देख्दिन अनि रोजगार देख्दिन 
हत्या गर्नेलाई  दिने सजाय छुट देख्छु

Wednesday, 1 November 2017

भोग्नै पर्छ

भोग्नै पर्छ सबै जे - जे  निधारमा छन्  
ब्यर्थ कोही ब्यस्त कोही हतारमा छन्   
खुशीको बहाना किन गर्दैछन् प्रेमीहरु 
थाहा छ सबै दुखी हुन् जो प्यारमा छन्

देख्दिन

काल  आउन  गरेको ढिला देख्दिन 
तर  मलामी  नै  फुर्सदिला देख्दिन 
सकिन्छ  कि  जिन्दगी  अकालमा 
भविश्यको कुनै सिलसिला देख्दिन

रुदै


कस्ले देख्छ घाउ रुदै
छोरो हास्छ बाउ  रुदै  

यात्रामा थकान  भएको 
मान्छेको पाउ रुदै  

कस्ले हो सराप दिएको
हाम्रो  देश  गाउँ  रुदै  

यो बेरोजगार सास्ती 
हो  भोगेर  ठाउँ  रुदै  

धेरै अर्थ भेट्छु कहानी 
छाती छेउ-छाउ रुदै    

छन्द - पाबुक्काङ
गण - मजय
सुत्र - sss isi iss, 
विश्राम - अक्षरमा

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...