Wednesday, 1 November 2017

बेचेर

बाउले इज्जत किन्थे धान बेचेर 
छोरोले धन ल्यायो इमान बेचेर 
अनिकाल पूर्न भात  किनेको हुँ 
चामल  पकाउने  ओदान बेचेर 
बेरोजगारी  पीडा ’  सबैलाई  
खानु पर्ने बाको पहिचान बेचेर 
जवान ठग्छ तब लाग्छ हिडुँ 
अरब, कोरिया जापान बेचेर 
गरीब अब्दुलकोइमान बिक्यो 
बाइबल किन्यो अल्कुरान बेचेर 
चहल - पहल  महल आजै 
  मन्दिर किन्छु  भगवान बेचेर 
धन ठुलो साबित गर्‍यो  धनाद्य
सम्मानित  भयो  अपमान बेचेर  
गजल  बिकेनन्  गजलकारको
कोही कमाउदैछन् उखान बेचेर 
मुर्ती बिक्न छाडे पछी देउताको 
हिद्दै छन् कलाकार सैतान बेचेर 
त्यसलाई माने धनी जो फर्कदा  
मन, मुटु ल्याउछ मुस्कान बेचेर
सकिदै  जगतबनेर स्वार्थी 
मान्छेलाई हावा तुफान बेचेर 

Thursday, 22 June 2017

बेहुली

जब तिमी गयौ पराई घर' बेहुली बनेर
यो मन्मा आए पिडाहरु' हिम्चुली बनेर

प्रश्न थियो मन्मा' को हो तिम्रो मान्छे ?
अब सताउदैनन् प्रश्नले' खुल्डुली बनेर

नाताहरु तोडिनुको' भेटे कारण आज !
देखे सम्बन्धहरु मरेको' मामुली बनेर

नयाँ साथी, सपना र' नयाँ पायौ घर
पुराना सबै हराएर गयो' काचुली बनेर

मायाको बदलामा मुटु' लगेउ बैगुनी
सजाएर माया अर्कैको' अन्जुली बनेर

Saturday, 17 June 2017

घमन्ड

समयले चाउरी पार्ने' गालाको के घमन्ड
माटोमा मिलेर जाने' छालाको के घमन्ड

नागरिक हुँ' जल श्रोतको धनी देशको
धारो सुक्खा छ,नदी नालाको के घमन्ड

कती छन् अपराजित' एउटा बिजयमा
ओइलाउने फुलको' मालाको के घमन्ड

प्रकृतिले बनाएको' दिल तोड्छन् यहाँ
 ढोकाको ति कृतिम, तालाको के घमन्ड

देशमा केही गर्न' कोही नाते-पाते छैन
थियो मान बाजेको, पालाको के घमन्ड

एक्लै

औसिको रात होस् या' चाँदनि एक्लै छु !
तिमी कहाँ एक्लै, यहाँ म'पनि एक्लै छु !

जगत जाग्ने दिन पछी, आउछ अधेरी
भोग्ने बिपनी या' देख्ने सपनी एक्लै छु !

बतास झै आयौ तिमी' फेरी कहाँ गयौ ?
तब नि एक्लै थिए, र अब नि एक्लै छु !

पराइ त' पराइ हुन् ,को हुन् त'आफन्त?
टेकेर पनि यो अाफ्नै' आगनी एक्लै छु !

बुझेनन्'

कसैले बुझेनन्' मैले" मलाई बुझेझै
कहिलेकही त बुझिदे' तलाई बुझेझै

तिमी हुनु हराभरा, म' रिक्त बनु बरु
बाआमाले सन्तानको' भलाई बुझेझै

हेर' त्यो रुख' झर्ने फलको लागि
नूघ्छ रुखको डाली, फलाई बुझेझै

घायल पार्ने यादले' कहिल्यै बुझेन
यो चेतनाले मुटुको, जलाई बुझेझै

लेखम् र खै ?

केही लेखु भन्छु, आशु मात्र झर्छ' के लेखम् र खै ?
हासो लेखम् भने, दुख मात्र पर्छ ' के लेखम् र खै ?

लेखु भने काहानी, उनको र मेरो माया पिरतीको
माया भन्ने चरि स्वयम्' घात गर्छ' के लेखम् र खै ?

लेखु भने ईतिहास, उन्को मायामा' ज्यान दिएर
जस्लाई म' चाहे उ' नै पछी सर्छ' के लेखम् र खै ?

भन्छु तिमी मेरी हौ' तर,म' नै आफ्नो बन्न सकिन
वारि जल्छ देह,आत्मा पारी तर्छ' के लेखम् र खै ?

सोच्छु' बरु यो पिडा मा गजलकार बन्छु' भनेर
लिन्छु कपि,कलम मन त्यसै मर्छ' के लेखम् र खै ?

Friday, 19 May 2017

दिदैनौ

कहाँ छौ,कस्तो छौ,खबर दिदैनौ 
पढ्छ्यौ सन्देश तर,उत्तर दिदैनौ  

सङ्गै जिउने सपना,सजाउ भने 
जिवन जिउन लाग्ने,रहर दिदैनौ   

यो पिरतिमा मरी जाम भने पनि 
तड्पिने याद दिन्छौ,जहर दिदैनौ    

त्यो मन मा के छ ? बुझ्न सकिन 
माया गरे जस्तो तर,ठहर दिदैनौ




माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...