बाउले इज्जत किन्थे धान बेचेर
छोरोले धन ल्यायो इमान बेचेर
अनिकाल पूर्न भात किनेको हुँ
चामल पकाउने ओदान बेचेर
बेरोजगारी पीडा छ’ सबैलाई
खानु पर्ने बा’को पहिचान बेचेर
जवान ठग्छ तब लाग्छ’म हिडुँ
अरब, कोरिया र जापान बेचेर
गरीब अब्दुलको’ इमान बिक्यो
बाइबल किन्यो अल्कुरान बेचेर
चहल - पहल छ’ महल आजै
म मन्दिर किन्छु भगवान बेचेर
धन ठुलो साबित गर्यो धनाद्य
सम्मानित भयो अपमान बेचेर
गजल बिकेनन् गजलकारको
कोही कमाउदैछन् उखान बेचेर
मुर्ती बिक्न छाडे पछी देउताको
हिद्दै छन् कलाकार सैतान बेचेर
त्यसलाई माने धनी जो फर्कदा
मन, मुटु ल्याउछ मुस्कान बेचेर
सकिदै छ जगत’ बनेर स्वार्थी
मान्छेलाई हावा र तुफान बेचेर