कस्ले देख्छ घाउ रुदै छ
छोरो हास्छ बाउ रुदै छ
यात्रामा थकान भएको
मान्छेको त पाउ रुदै छ
कस्ले हो सराप दिएको
हाम्रो देश गाउँ रुदै छ
यो बेरोजगार र सास्ती
हो भोगेर ठाउँ रुदै छ
धेरै अर्थ भेट्छु कहानी
छाती छेउ-छाउ रुदै छ
छन्द - पाबुक्काङ
गण - मजय
सुत्र - sss isi iss,
विश्राम - ६ अक्षरमा