Monday, 8 May 2017

कहाँ

देश बिकास गर्छु भन्ने, वली कहाँ छन् ?
वाचा गर्ने मिठो बोल्ने बोली कहाँ छन् ?

हिंसा त ब्यक्ती ब्यक्तीमा छ यहाँ
नेपालमा शान्ती ल्याउने टोलि कहाँ छन् ?

बन्दुकको डरले किटाणु तर्सन्न
निर्मुल पार्ने औसधिका गोली कहाँ छन् ?

रात र दिन,महिना र बर्ष बित्यो
यो हाम्रो देशमा प्रजाको,भोली कहाँ छन् ?

जहाज कुद्ने सागर चाहिदैन
सिंचाइ गर्न कुलो काट्ने खोली कहाँ छन् ?

बली दिने दशै जस्तो भो देश
शान्ति ल्याउने तिहार र होलि कहाँ छन् ?

Ramesh Saru

सुन्दरी

यती सारो सजिएर बनेकी सुन्दरी कस्लाई हो?
यात्रा बिच उ फर्केर हेर्थी घरिघरि कस्लाई हो?

चन्द्र जस्तो मुहार हिस्सी परेकी
गुलाफ जस्ता ओठका ती केसरी कस्लाई हो?

लाग्थ्यो केही त छ मनमा उस्को
बारम्बार फोनमा कल गर्थी बिचरी कस्लाई हो?

मधुर त्यो बोली मह घोले जस्तो
माया बोल्थी कसैको प्रभा नगरी कस्लाई हो?

यात्र बिच उ फर्केर हेर्थी घरिघरि कस्लाई हो ?

Ramesh Saru

छोडेर


गए पछी माहूरिको,रानो छोडेर सम्झीयर रोए,भक्कानो छोडेर
हेर्छु चारै तिर,कंहा गयौ तिमी आगो बल्दैको, ओदानो छोडेर नसुनेर नै वेदना, चोटहरूको खुकुरी नै गयो,अचानो छोडेर गयौ तिमी, तर जान सकीनौ यी नयनहरू, ओबानो छोडेर रहरको दिवार,ढले अनयासै गएसी चुहिएको,छानो छोडेर


फेरेर

केही हुन्न आधुनिक नाम फेरेर
बिचार गर एक बार काम फेरेर

म त देक्छु जरुरी सोच फेरिन
छैन अर्थ मन्दिरको राम फेरेर

सन्देश फेर शब्द फेर खत को
के लाभ बाहिरको खाम फेरेर

नाम होइन काम हो अस्तित्व
हेर जुनको ठाउँमा घाम फेरेर

Friday, 14 April 2017

ब्यर्थमा

चाहिदैन तिम्रो हातको सिरानी ब्यर्थमा
बिउझिदा बिहान आत्मग्लानी ब्यर्थमा

आगो जस्तो बैसालु बेग थामेकै राम्रो
चाह छैन बनाउन जीवन खरानी ब्यर्थमा

लगाम देउ तिम्रा बेसोमती नजरलाई
गल्ली र चोकमा नपोख जवानी ब्यर्थमा

बास्नाले मात्र जीवन चल्दैन फुलको
गल्ली पिच्छे नगर मन लगानी ब्यर्थमा

राम्रो

मेरो हारै सही, तर तिम्रो जित राम्रो लाग्छ।
तिम्ले दिएको माया अनि प्रीत राम्रो लाग्छ।

नदेखिने भोली सोच्दै,रुन छोडिसके
तिम्लाई हेर्दै बितायका अतित राम्रो लाग्छ।

ढल्दै थियोे जीवन,बीष थियो हातमा
आगमन भो तिम्रो अब अमृत राम्रो लाग्छ।

कि रुन्थे'कि त एकान्त नै मन पर्थ्यो
प्रीत बोकि आयौ गीत संगीत राम्रो लाग्छ।

प्रस्न

मेरो एउटा प्रस्न,आफ्नै वचन चुकेको देखेनौ?
सोध्छु म अरु सोध्छु,दुनियाँले थुकेको देखेनौ?

तिमी स्वभिमानको भासण दिन्छौ
छाक तार्न बिदेशी सामु प्रजा झुकेको देखेनौ?

के गर्नु गौरव खोक्रो स्वतन्त्रताको
ज्यान मारा छिमेकीले सिमा ढुकेको देखेनौ?

मालिक भुल्छ कुकुरले खान नदिए
घर,डहर डुल्दा पराइ सम्झी भुकेको देखेनौ ?

पहिले सिमाना आगन,अहिले मझेरि
सिलिम भयो,देशको आकार सुकेको देखेनौ?

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...