आज नेपाल र नेपाली छुट्याउदै छौ तिमी
झापाली र स्याङ्जाली छुट्याउदै छौ तिमी
झापाली र स्याङ्जाली छुट्याउदै छौ तिमी
के पायौे दोष त्यो सुन्दर प्रकृतिको
बगैंचाको फुल र माली छुट्याउदै छौ तिमी
बगैंचाको फुल र माली छुट्याउदै छौ तिमी
सङ्गै राख्ने भाडोहरु बज्यो भनेर
घरको कचौरो र थाली छुट्याउदै छौ तिमी
घरको कचौरो र थाली छुट्याउदै छौ तिमी
लेखा जोखा गर्न थाल्यौं आमाको
आज आशिष र गाली छुट्याउदै छौ तिमी
आज आशिष र गाली छुट्याउदै छौ तिमी
घामपानी संगै ओट्ने ठाउँ रहेन
घरको धुरी र पाहाली छुट्याउदै छौ तिमी
घरको धुरी र पाहाली छुट्याउदै छौ तिमी
पार्टी र क्षेत्र नयाँ बहानामा फेरि
मधेशी बाट हिमाली छुट्याउदै छौ तिमी
मधेशी बाट हिमाली छुट्याउदै छौ तिमी
तेरो भाग चौतारी उस्को छ्हारि
भञ्ज्याङ् र देउराली छुट्याउदै छौ तिमी
भञ्ज्याङ् र देउराली छुट्याउदै छौ तिमी