सधैं तिम्रो चुरिफुरी खेले जस्तो
गर्छौ कुरा भुराभुरी खेले जस्तो
सिमानाको रक्षकलाई थाहा छ
हैन अर्थ बहादुरी खेले जस्तो
छुट्याउदैन यो आफ्नो र पराइ
हैन मजाक खुकुरी खेले जस्तो
मौसम सरि फेरिन्छ तिम्रो कुरा
अनि गर्दछौ मन्जुरी खेले जस्तो
मुटुमा चोट लाग्छ त्यो नजरले,
नहेर्नु है ! घुरिघुरी खेले जस्तो
No comments:
Post a Comment