कुरो समय सान्दर्भिक थियो
तर विपक्षी अत्याधिक थियो
दर्जा विभाजन गरिदैथ्यो जहाँ
त्यहाँ मेरै आफ्ना सरीक थियो
माया प्रेम गर्नेहरुको मेरो झै
सबैको कहानी मार्मिक थियो
ठुलै पदाधिकारी बनेर आज
चिन्दैन जो हिजो नजिक थियो
तिमीले जस्तै राजनीति जान्दिन
त्यसैले हार्नु स्वभाविक थियो
मुटुको मुल्य खेलौना बराबर
जहाँ सम्बन्ध आधुनिक थियो
उस्ले मार्यो, म मरे ! सुन' रमिते
अपराध त्यो सामुहिक थियो
No comments:
Post a Comment