Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Thursday, 8 February 2018

न इर्स्या न त जलन थियो


न इर्स्या न त जलन थियो 
सजिलै नदुख्ने मन थियो 
भुत प्यारो’ भबिस्य भन्दा
जहाँ मेरो बालापन थियो

Sunday, 4 February 2018

बाँकी छ

एउटा काम गर्न बाँकी छ
फूलेर फूल झर्न बाँकी छ 
रोएर जिवन जिउन पुग्यो  
हासेर अब मर्न बाँकी छ

गएकोछ

बोली बचन कम हुँदै गएकोछ 
याद अधिकतम हुँदै गएकोछ 
कहिल्यै भएन मैले चाहे जस्तो 
बिफल  हरदम हुँदै  गएकोछ

Saturday, 30 December 2017

हेरे

उनलाई  मन  दिएर  पनि हेरे 
र उनको मन  लिएर  पनि हेरे   
युगल बनेर नि हेरे’ छैन सुख 
एकल जीवन जिएर पनि हेरे!

Monday, 25 December 2017

भएपछि

गोधुली  सकिएर  साम  भए पछि 
भेटौँला यो शरीर आराम भए पछि 
तिमी चुपचाप बस्नु, हल्ला नगर्नू  
गाह्रो हुन्छ फेरी बदनाम भए पछि

Sunday, 24 December 2017

के हुन्छ

म' मरे भने बचाउने उपाय के हुन्छ ?
निधो गरे मर्ने' तिम्रो राय के हुन्छ ?
मेरो मृत्युको कारण कुनै पलहरु !
तिमीलाई रुनु परे सजाय के हुन्छ ?

Thursday, 14 December 2017

आएर

बल्ल गयो हिजो,अस्ती आएर 
पीडा  दिन्छ  मेरै  बस्ती आएर 
चुनौती किन यो जिन्दगीलाई 
सताउँछ  जबर्जस्ती  आएर ?

Wednesday, 13 December 2017

गर्छौ


प्रबासमा  कमाएर  गजब  गर्छौ  
आफू  मात्र  रमाएर गजब  गर्छौ   
भुल्यौ ताते-ताते गराएको औंला 
अर्कै  हात  समाएर  गजब गर्छौ

Tuesday, 5 December 2017

खोज्दैछन्

साथीहरु भाउ खोज्दैछन् 
दुस्मनले दाउ  खोज्दैछन् 
बर्षौ सहेर पनि मेरो बनेन 
दुखाइले घाउ खोज्दैछन्

Monday, 4 December 2017

पठाउँछौ

तिम्रा यादहरु यावत पठाउँछौ 

स्पष्टिकरणमा  खत पठाउँछौ

यो अन्याय भयो सरासर भन्छु 

उल्टै मलाई हिरासत पठाउँछौ

पुगे

भाग्यको ओखर फोड्न खाडी पुगे 
जिवनको घुम्ती मोड्न  खाडी पुगे 
रिक्त थालमा अड्किएका हातहरु 
भोको मुख सँग जोड्न  खाडी पुगे 







Wednesday, 29 November 2017

कुन्नी

कति पायौ बैगुनिको उपमा कुन्नी ?
आँखा नदेखिने त्यो बैशमा कुन्नी ? 
बेइमानी त मेरो अतित सँग गर्यौ 
के देखियो कमजोरी म मा कुन्नी ?

Tuesday, 28 November 2017

बनाउछु

अब छुट्टै नामको मुटु  बनाउछु  
मेरो मात्र कामको मुटु बनाउछु 
मायामा जति धोका खाएँ पनि 
नदुख्ने फलामको मुटु बनाउछु

सम्म

जाउ बनेर जाउ बैगुनी हुँदा सम्म
सबैलाई नभई’ नहुनी हुँदा सम्म
ओइलिएको फूल कस्ले चुम्छ ?
छर सुगन्ध छर तरुनी हुँदा सम्म

Monday, 27 November 2017

सकेन

खाडीमा निदाएको साथी ब्युझिन सकेन 
जस्तो गएको थियो त्यस्तै फर्किन सकेन 
बारम्बार भोगेर,देखेर पनि आमाको आसु 
मेरो  देशको  परिस्थिती  बद्लिन सकेन

सकियो

जिउन थामेको सम्बन्धको डोरै सकियो 
अब थोरै बाँकी छ जीवन, थोरै सकियो 
मेरा यि पाइलाहरु बाटो मूनी परे पछि 
मात्र पिडा छ, खुशीहरु पोहोरै सकियो

Friday, 10 November 2017

मेरो

सिन्दुर हैन’  निधारको टिका मेरो हो 
तिम्रो पियारी पहिले प्रेमिका मेरो हो
हिड्छन्  राम र सिता झै जोडी बनी 
उनि कुनै समयको  राधिका मेरो हो

Wednesday, 8 November 2017

बिक्री

अघी  पछी  नहेरी  बिक्रीमा 
राखेछौ  मुटु  फेरी  बिक्रीमा  
जीवनमा उज्यालो पाए पछी  
भुल्यौ,राख्यौ अधेरी बिक्रीमा

देउ

कसुरहरु  छानीछानी  गर्न देउ  
नजरलाई  मनोमानी  गर्न  देउ 
हामी  मिल्नु  पर्छ’ छोड  सब 
दुनियाँलाई आनाकानी गर्न देउ

बोकेर

हिडें बोकेर अभिलासाहरु 
तिमीलाई पाउने आशाहरु 
तर छेकिदिन्छ मेरो बाटो 
तगारो  बनेर   तमासाहरु

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...