Friday, 3 November 2017

कहाँ हुन्छ

तिम्रै मात्र  मनपरी  कहाँ हुन्छ ?
मन फेर्छौ घरिघरि  कहाँ हुन्छ ?

माया हुन्न भन्छौ’ हुँदैन भन्छौ 
थोरै प्रयास  नगरी कहाँ हुन्छ ? 

शुख, दु:ख  आउछ पिरतीमा 
हतासिएर  त्यसरी कहाँ हुन्छ ?

पिरती  पूजा  अनि  दर्शन हो 
नगरीकन  चाकरी  कहाँ हुन्छ ?

मैले  कसै  सँग  बोल्नै  नहुने
सजाय अनेक थरी कहाँ हुन्छ ?

No comments:

माया को स्वरुप

बिहान उठे ..mobile हेरे । हरे.....!   Internet data नै सकिएको रहेछ ..। हिजो अन्तिम दिन थियो क्यारे आज Renewal  हुनु पर्ने।  ल..... ! टाउ...