रमीते भगवान
भगवान सँग केही माग्न डर लाग्छ ।
कही अटेर गरे भने भगवान ले" बेकार अली कती भएको उनी प्रती को श्रद्धा टुट्छ ।
गुनासो के र कती भन्ने सिमा छैन । गुनासो गर्ने बाटो पनि त राखेको छैन मैले " अरुले जस्तो तिम्रो घर सम्म पुगेर फुल पाती अर्पण गरी बत्ती जलाएको छैन मैले " । दान मान टिका टालो सबै देखासिखी मात्र गरेको हुँ । यो लोग मा रहने हरुले अनेकौ बहाना मा तिमी प्रती श्रद्धा राखेको देख्ने प्रतक्ष्यदर्सी हुँ म "
खै तीनी हरु खुशी हुनुमा तिम्रो भूमिका रहेर हो, या तिन्ले दु:खलाई निथ्थोर पारेर दबाउदै खुशी र सुखी हुने बहाना मा मात्र जुग बिताएको हो ? मैले कहिल्यै पत्तो पाउन सकिन ।
तिमी शक्ती साली छौ रे ! तिमी महात्मा हौ रे ! यो जिबन ,यो जगत तिम्रो कृपा हो रे ! तिमी चाह्यौ भने सबै गर्न सक्छौ रे ! यो पनि तिम्रा कट्टर बादी द्वारा प्रस्फुटन भएको शब्द सुनेको हुँ मैले ।
कतै तिम्रो बिपरित भएर बोल्दा मलाई भोली टपक्क टिपेर लाने हौ कि? तर म यहि नीर निडर भएर एउटा गुनासो गर्न चाहान्छु ।
एक लान्छना लगाउन चाहान्छु ।
तिमी जे हौ , तर तिमि एक निर्जिब रमिते हौ , भन्न थोरै पनि चुक्दिन म" साच्ची तिमी कती अास्चर्य चकित छौ । हैन..! यी आस्पासन हरु कुन माध्याम बाट बाट्छौ तिमी ?
के कसैको अगाडि प्रकट भएको प्रमाण दिन सक्छौ तिमी ?
धुप, धुँवा बनस्पती -फुल ,तिम्रै लागी अनि जन्तु को बली पनी तिमी नै स्विकार्छौ ।
तर कहिले देखिन मैले" तिमी कुन मुख बाट खादा हौ, यी सबै ?
कस्तो होला ,तिम्रो मन "जो अरुको त्याग मा रमाउन सक्ने ?
हुनत आस्था को रिक्त डोको बोकेर प्रश्न को भारी तिम्रो संघार मा बिसाउने मेरो अधिकार भन्दा बाहिर होला ।
यी सबै कुरा सुन्दा तिमी बोलेर जवाफ दिन्छौ होला ,भन्ने त असम्भब छदै छ । तर न्यून रुप मा कल्पेको छु' तिमी सोच्दा हौ ।
हे.. दुखी आत्मा सबै तँ, जस्तै असन्तुस्ट छैनन् ।
(मान्छे दुखी छन् "भोका छन् जागिर छैन । कम्सेकम मेरा लागि फुल बेचेर भएनी घर चलाका छन् । जागिर पाएका छन् । )
तर म भन्छु " ती फुल किनेर तिम्रो बस्ती चहार्ने मनुवा पनि त गरिब दिन दुखी छन् । के तिन्ले नखाइ नलाई कमएर किनेको फुल तिमिलाई अर्पण गरेको तिमि कसरी ,कुन आँखाले हेर्न सकेको हो कुन्नी ?
कहिले छरपस्ट खुशी बटुल्न दाशी बनाउछौ ।
कहिले आशु मात्र पिउन पर्ने बैरागी । नसोचेरै कसै सँग को भेट बाट पाउने खुशी लाई तिम्रो कृपा हो भन्दिन म" बरु नचाहेर हुने बिछोडमा तिम्रो हात हुदो हो । त्यसैले त , भावना लाई आशु बनाएर खसाल्नु पर्छ । अरुको बिचार र दृष्टि अन्य र भिन्न होलान् । तर म अपसोच गर्दिन किनकी तिमीले जानेको पनि त्यहि त हो । हैन र ?
यो जगत तिम्रो करण छ भने " किन कसैलाई अबलोकन गर्न सक्ने बर् दिएनौ ? किन तिनी जन्म जातै दृष्टि बिहिन भएर आए ?
किन कसैलाई लाई यो जगत माथि पथ प्रदसित गर्ने मौका बाट बन्चित राख्यौ ? खुट्टा नदिएर । किन कुनै कुनै काम पुण गर्दैनौ तिमी? किन कसैलाई जिबन दिएर आधी बाटो बाटै चुडेर लान्छौ ?
यो माया ,मोह ,तिरस्कार त्याग वलिदान लोभ लालच को खेल किन रचना गर्यौ ?
र फेरी सहन सक्ने मुटु किन निर्माण गरेनौ ?
तिम्रो मस्जिद ,मन्दिर , चैत्य र गूम्बा बनेका छन् । यो गल्ली र चोक चोक मा । तर किन अदालत छैन तिम्रो ? किन कुनै कार्यालय छैन ?
शायद तिमी मा पनि डर हुदो हो । तोड् फोड् को । र डर हुदो हो" तिम्रो सत्ता ढलेर अर्को सासक आउने ।
तर तिम्रो शक्ती लाई या तिमीले बसालेको कुप्रथाको प्रचलन लाई हेरेर आस्चर्य मा पर्छु म"
किन भनौला …तिम्रो पनि त यहाँ तस्बिर छन् । नाम छन् । तर किन कसैले तिम्रो पुत्ला जलाएर तिम्रो नाम को मुर्दाबाद ,मुर्दाबाद भन्ने नारा सहीत किन कसैले जुलुस निकालेनन् ?
तिम्रो एकाग्र स्थिर भब्य गाउ बिच सजिब दानब को राज सत्ता को लहर चलेको छ।
तिम्रो गल्ती तिम्रो ठाउँ । मेरा हेराइ र भोगाइ मेरा ठाउँ ।
यो सबै अपमान को शब्द म किन बोल्दै छु भने ! तिमी मलाई सजाय देउ । तिमी लाई तिमी भनेको अपमान सह्य हुँदैन भने पनि माफ माग्ने वाला छैन म । किन भने म चाहान्छु तिमी प्रकट भऊ ।
मैले यसरी तिमीलाई रमिते किन भनेको भने तिमी गर्छौ नै त्यस्तै । विश्वाश लाग्दैन भने " सोधी हेर सबै सँग उत्तर स्वयम् पाउने छौ ।
एक हिसाब ले तिमी हिम्मत हिन पनि हौ । मैले भनेको कुरा हरुले तिमीलाई असर पार्दैन । एक झिनो प्रयास पनि गर्न चुक्छौ तिमि ।
कतै भजन त कतै किर्तन छ , तिम्रो लागि तिमी बस गर्नेको रमिता मात्र हेर्छौ । तर आन्दोलन किन छैन तिम्रो लागि ? यो चाँही गजब छ । शायद बिकृती र बिसंगती को आड मा डर को बलियो जरा गाडेको हुनु पर्छ तिमीले । तिमी रमिते जे भएनी तिमीले हेर्ने मात्र काम गर्ने होइन र ? भोली तिम्रो बिरुद्द नारा बाजि हुँदा पनि हेरेर बस्नु पर्छ तिमीले । के हेर्ने भन्ने लाग्ला..! के हुनुनी "रमिता " ।
हिजो जन्म दियौ । भोली मृत्यु बरण गर्नु पर्ने सम्झौता साहित , त्यस मा मलाई पछुतो छैन ।
तर छ त धेरै गुनासो को वाक्य हरु अनी आलोचना को शब्द हरु ।
तिमीले हासो बनायौ आशु ले पोतिएको ।
तिमीले खुशी बनायौ ब्यथा रोमलिएको ।
तिमीले सम्बन्ध बनायौ अबिश्वास ले जेलिएको ।
समय बनायौ अभाब मा खट्किएको ।
माया बनायौ तिरस्कार बेरिएको ।
अनी धाउन लगायौ मन्दिर हरु
चढाउन लगायौ शिर हरु
बनायौ फुल पाती डाली हरु
सुन्छौ भजन किर्तन र ताली हरु
भाबी बनेर भाग्य केर्ने तिमि
भाग्य लल्कार्दै जिउनेको रमिता हेर्ने तिमी ।
थाहा छ मैले पाप गरिन तिमी देख्छौ भनेर ।
तर धर्म गरेको पनि त हेर्ने मात्र न हो तिमी !
अरु कति हेर्छौ हेर भगवान हेर ।
किनकी मैले बुझिसके । कहिँ कतै भगवान होलान् ।
तर केही गर्ने वाला हैन ।
बस रमिता हेर्ने रमिते भगवान ।
रमेश सारू....