नजिक सोचे नजिक र पराइ सोचे पराइ सम्बन्ध भन्नु एक आभास न हो। के फरक पर्छ र एकै धुरी मुनी बसेर जहा सम्बन्ध बोध नै छैन आपसमा ?
यो एक्लै सम्भव पनि त छैन। तिमी को हौ' अनि म को हुँ' तर त्यहि बिच सिर्जना भएको आफ्नो पन को आभास नै त हो, सम्बन्ध ..। कुनै दिन उनि भन्ने गर्थिन् ..तिमि म बिना जीवन काट्न सक्छौ ? आज म भन्छु - आफै सँग हार्दै सुख - दुख को पल सङ्ग तँछाडमछाड गर्दै भागेको जिवनमा तिम्रो साथ मेरो लागि अति महत्त्वपूर्ण थियो। हामि सबैलाई थाहा छ। जीवनमा के पायौ र के गुमायौ? सुख लाई मात्र जिवन हो, भन्ने बुझेको तिमी मेरा दुख मा मलाई एक्लै छोडेर जान्छौ भन्ने के थाहा ? कती सजिलै बदलियौ तिमी मौसम बनेर,
आधा अधुरै रहे सम्बन्धहरु कसम बनेर । तिमीले याद गर्यौ गरेनौ ? तिम्रो बिदाइको दिन हामी दुबैको परेली भिजेको थियो, तिमी रोएर सपना सजायर नयाँ घर गयौ, तर म" भत्केको सपना बोकेर पुरानो घर फर्के । आज तिमीलाई भनौ क्यार...! कति दु:ख सहे जीवनमा' आज तिमीलाई सुनाउ क्यार....
जिन्दगीमा रुनु पर्ने हजार कारण थियो, तर तिमीलाई हेरेर मुस्कुराउने प्रयत्न गर्थे' तिमीले छोडेर गएपछी रुनको लागी अरु बहानाको जरुरत परेको छैन । रुदै छु म' अझै पनि भक्कानो छोडेर चिच्याइ, चिच्याइ रुदै छु । तर तिमी नहुनूको बानी परिसकेको छ मलाई । एउटा कुरा थाहा छ तिमीलाई ? मैले आज के बुझे भने - ' स्वार्थी हुँ म तिमी छोडेर गयौ भनेर होइन, म' स्वयम् एक्लै पर्नेछु भनेर रोएको हुँ' ।
अनेक बहाना बाट तिमीलाई सच्चा र राम्रो सङ्ग यो मनमा सजाउने कोसीस गर्छु । यात तिमीलाई जरा देखी नै भुलु
भन्छु । तर तिमी जति सरल र जाती छैनन् तिम्रा यादहरु,तिमी र तिम्रो यादको असमानता त्यही हो, तिमीलाई चाहान्थे र पनि गयौ, तिम्रा याद नचाहदा पनि अाईरहन्छन् । आजभोलि तिम्रो गाउँ तिरको बाटो हुँदै यात्रा तय गर्दा खुब हिम्मत गरेर त्यो चौतारीमा नयन डुलाउछु । तिम्रो नाम कोरिएका रुखको घाउहरु जो नीको हुनै लगेको छन् । "तिमी बिहे गरेर जादा' तिम्रो गाँउ निरको चौतारी खुशी भयर भन्यो होला- ठीक भयो, "अब हरेक साझ तिमीलाई भेट्न आउने त्यो मान्छेले तिम्रो नाम कोर्न मेरा शरीरमा चोट पुर्याउने छैन" ।
मैले साचो र चोखो माया गरेको थिए तिमीलाई तिम्रो मान, मर्यादा,भावना, इज्जत र प्रतिष्ठाको कदर गर्थे तिम्रो समिप रहेर तिम्रो इज्जत र प्रतिष्ठा सङ्ग खेल्ने दुस्साहस कहिल्यै गरिन मैले' प्रेमलाई आत्मा र आत्मीयता ले बुझेर। तर तिमी त्यसलाई मेरो कमजोरी सोच्यौ, प्रेमलाई आवेश र आधुनिकता ले बुझेर। कसम कसम हो। बाचा हो, अनि बचन हो, तोडे विस्वास गुम्छ। पाप लागेको प्रमण कहाँ छ र ?
मेरो बाध्यता र विवशता लाई मेरो हार हो मेरो असफलता र कमजोरी हो भन्ने बुझ्यौ तिमीले।
मेरो सपना हरु लाई मेरो उदेश्य हरु लाई कल्पना हो भन्ने संघ्या दियौ तिमीले।
तर पनि म सातौं जन्म तिम्रो हुने कसम मात्र खाइन ,जुनै परिस्थिति मा पनि तिमीलाई खुसी र सुखी हेर्ने अठोट र संकल्प गरे। त्यसैले त आज तिमी नयाँ बाटो हुँदै नयाँ पथप्रदशक सङ्ग ब्यस्त छौ। तर म ? एक्लै खुशी छु। आगमन ले बन्यो अनि विदाई सङ्गै सकियो के यही हो त सम्बन्ध ????
होइन होला मेरो लागि। तर तिमीले त हो भन्ने प्रमाणित गरिसकेको छौ।
No comments:
Post a Comment